site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
सूर्यबहादुर केसीको त्यो अन्तिम दिन ...

पोखरा । प्रकृतिको नियम छ, बिहानमा पूर्वबाट उदाउने सूर्य साँझमा पश्चिममा अस्ताउँछ । यो हरदिन दोहोरिन्छ । यसलाई विज्ञानले सूर्यको राप, ताप, दुरी सबै मापन गरेको छ । हो, हरदिन सूर्य उदाउँछ र अस्ताउँछ यो सत्य हो । यो जीवनचक्रको नियम हो । सीताराम भनेर पनि चिनिने पोखराका सफल व्यवसायी तथा राजनीतिज्ञ सूर्यबहादुर केसी अब नउदाउनेगरि अस्ताएका छन् ।

उनको नियमित दैनिकी थिएन । दैनिकी भनेकै काम थियो । राजनीति, उद्योग, व्यवसाय, समाजसेवामा व्यस्त जीवन । त्यसकारण, जतिबेला पनि उनले निद्रा मारेर उठ्नुपथ्र्यो । उठेपछि फोनबाट हुने काम फत्ते गर्न लागिपर्थे । सुगरको औषधि त दशकौँदेखि खान सुरु गरेका थिए । पछिल्लो समय स्वास्थ्य राम्रो थिएन ।
सन् २०१० मा उनलाई व्यथाले च्याप्यो । धेरैले आशा मारेका थिए, आशंका गर्थे, सूर्य अस्ताउने त होइन, डाक्टरले समेत त्यतिबेला भनेका थिए, “अवस्था गम्भीर छ ।” 

काठमाडौंबाट एयर एम्बुलेसन्मा दिल्ली पु¥याएपछि उनी बाँचे । पहिलेभन्दा झन चम्किलो गरी । त्यही रोगले दशकपछि उनलाई हरण गरेको छ । कहिल्यै नआउने गरि । अन्तिम दिन, सूर्य अस्ताएर आकाश अँध्यारो भइसकेको थियो । पात्रोको दिनांकले बताइरहेको थियो, २०७७ कात्तिक १७ गते । त्यही १७ गते राति साढे १० बजे निद्रामै उनी चीरनिद्रामा पुगे ।

Dabur Nepal
NIC Asia

बिहानै पनि उनमा एकपटक सुगर लो भइसकेको थियो । शरीरमा सुगरको मात्रा कम भएपछि परिवार जम्मा भएर तत्कालका लागि चिनी खुवाए । आधाघण्टामा स्वास्थ्य सुधारका संकेत देखिए । तर, उनको शरीर कमजोर बनेको थियो ।

काम, काम र काम । यसैलाई कर्म, सिद्धान्त बनाएका सूर्यबहादुरले शरीर अलिकति सहज हुनासाथ दुईतीन ठाउँमा फोन गरे । १७ गते बिहानको कुरा हो ।

“त्यही दिनको बिहान उहाँको सुगर लो भएको थियो । ममीले फोन गर्नुभयो । शरीरमा पसिना आएको थियो । अलिकति रिकभर भयो । आधाघण्टा भयो । सुप खुवायौँ । मेरै अगाडि फोन गर्नुभयो । दुईचार कल,” स्व. केसीका छोराहरु सुनाउँछन् ।

हामीले उहाँलाई रेष्ट गर्नुहोस् भन्न छाडेका थियौँ । कारण, आराम गर्ने भन्ने शब्द उहााको जीवनको शब्दकोषमा थिएन । न खाने फुर्सद थियो, न घर फर्कने समय ।

“बिरामी हुनुभन्दा पहिले बिहान एकछिन मर्निङवाक, एक्सरसाइज गर्नुहुन्थ्यो । फोन आइरहन्थे । अनि मिटिङ छ भनेर जानुहुन्थ्यो । कहिले न खाने समय मिल्थ्यो न घर आउने समय नै निश्चित थियो,” उनीहरु सम्झिन्छन् ।

२०१० भन्दा अगाडि त बिहान काठमाडौं जाने, बेलुका पोखरा फर्कने दैनिकी नै थियो । युवावयमा बाइकमा नै काठमाडौं जाने आउने गर्नुहुन्थ्यो । यहाँ बैंक ग्यारेन्टी हाल्यो, काठमाडौं गयो टेन्डर हालेर फर्कियो । 

“हामीले आफ्नो बुबामात्रै गुमाएनौँ, एक असल मार्गदर्शक, प्रेरणाको स्रोत र श्रममा विश्वास गर्ने कर्मशील व्यक्तित्व गुमायौँ,” तीन छोराहरुको एउटै स्वर छ । 

“निद्राको बेलामा सुगर लो हुनु नै खतरनाक थियो । साँझमा पनि म नै थिएँ, मोजा खोलिदिएँ, सुताएँ ....,” पितासँगको अन्तिम स्मृति सुनाउँदै रोशन भन्छन् । यी कुरा गर्दा स्व. केसीका तीन छोरा प्रकाश, किरण र रोशन क्रियाकर्मको सेतो पोशाकमा थिए । 

घर अगाडिपट्टि दर्जनौँ फ्रेममा उनको तस्बिर थियो । र, लेखिएको थियो, “भावपूर्ण श्रदाञ्जली, जन्म २०१४ जेठ १० गते, स्वर्गारोहण २०७७ कात्तिक १७ गते ..... ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro