site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
सक्षम राजनीतिज्ञ, सफल व्यवसायी 

पोखरा । सूर्यबहादुर केसी र म सँगसँगै राजनीति गर्थ्यौँ । हामीले सँगै चुनाव त लडेनौँ । म एक कार्यकाल अगाडि लडेको थिएँ । उहाँसँग प्रत्यक्ष चुनाव पनि लडिन । तर, त्यसपछिको चुनावमा चाहिँ उमेदवार बन्नुभयो । मैले उहाँलाई हरेक चुनावमा सहयोग गरेको थिएँ । चुनावका कार्यक्रम कसरी बनाउने भनेर सल्लाह हुन्थ्यो । 
मैले आफूले जानेजतिको सिकाउँथेँ । ठ्याक्क मिति त मलाई अहिले याद त छैन । तर, परामर्श भने दिइरहन्थेँ ।

उहाँ युवावयको उमेदवार र प्रधानपञ्च बन्नुभयो । हामीले प्रशासनिकदेखि आफ्ना अनुभवको बारेमा जानकारी दिन्थ्यौँ । कामको सल्लाह हुन्थ्यो । उहाँ आफैँमा सक्षम हुनुहुन्थ्यो । उहाँ व्यवसायीसमेत हुनुहुन्थ्यो । कानुन व्यवसायीको रुपमा पनि मैले मेरोतर्फबाट गर्न सक्ने सहयोग गरेको थिएँ ।

सभ्य मानिसहरुका बीच उनको अलग पहिचान थियो । विचार भिन्नताको बाबजुद सकारात्मकता र हार्दिकतासहितको मुस्कानले धेरैको मन जितेका थिए उनले ।  

अरुको दुःख र अभावले भित्रभित्रै रुन्थे । मानवीय सद्भावको छुट्टै विशेषता भेट्थें मैले उनमा । चित्त नबुझेका कुरामा तर्क, तथ्याङ्ककै आधरमा आफ्ना कुरा राख्न पनि सिपालु थिए । तथ्यांक र हिसाब किताबको मौखिक विलक्षणताले कतिपय त विष्मित हुन्थे ।  व्यवहारिक दूरदर्शिता र कल्पनाशील दक्षताको बलबुताले नै उनले आफूलाई भिन्न र सफल व्यवसायीका रुपमा स्थापित गर्न सकेका हुन् । धेरै काम गर्ने धोको हुँदाहुँदै स्वास्थ्यले साथ नदिँदा नदिँदै पनि आफ्नो व्यावसायिक विरासत, सन्तति र कतिपय साथीभाइकाबारे भेट हुँदा चिन्ता गर्न छोड्दैनथे । 

Global Ime bank

धेरै कुराहरु छन् । सम्झिरहेछु, यतिखेर सबै बेलिबिस्तार गर्न मन मानिरहेको पनि छैन । मनले मात्र हैन व्यावहारिक रुपमै उनी दिलदार हितैषी थिए मेरा लागि त । मलाई पोखरामै आउन र बस्न गरेको उदार प्रस्ताव मैले बिर्सने कुरै भएन ।  कहिल्यै नफर्कने गरी महाप्रस्थान गरेका मेरा अनन्य मित्र र भाइ दिवङ्गत सूर्यबहादुर केसीको अमर आत्माको शान्तिपूर्ण वैकुण्ठबासको कामना गर्दछु । उनको धर्मपत्नी, छोराहरु र सबै परिवारजन समक्षसमवेदना प्रकट गर्दछौं हामी । अन्त्यमा उनीप्रति हार्दिक श्रद्धाञ्जली !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu