site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 काठमाडौंसँगको वासिङ्गटन नीतिमा के फरक होला ?
Sarbottam CementSarbottam Cement

अमेरिका । अमेरिकाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले जितेका छन् ।  डोनाल्ड ट्रम्पको अरु चारवर्ष विश्वकै शक्तिशाली देश अमेरिकालाई नेतृत्व दिने तयारीमा ब्रेक लागेको छ ।  केही कानुनी प्रक्रिया पूरा गरेपछि परम्पराअनुसार जनवरी २० बाट वाइडेनको कार्यकाल सुरु हुने छ ।  बाइडेनको जितसँगै अमेरिकाको इतिहासमा पहिलोपटक उपराष्ट्रपति पदमा महिला कमला ह्यारिस निर्वाचित भएकी छिन् । कालोवर्ण र दक्षिण एशियाली मुलबाट उक्त पदमा पुग्ने कमला पहिलो महिला पनि भइन् । 

मतगणनामा तीव्र प्रतिस्पर्धा रहेको पेन्सेल्भानिया राज्यमा बाइडेनले केही बढी मतले अग्रता लिएपछि अमेरिकी मिडियाले बाइडेन विजयी भएको समाचार शनिबार दिनभर प्रसारण गरेका थिए ।  अमेरिकी समयअनुसार शनिवार साँझ बाइडेनले आफुले जितेको घोषणा गरे ।  निर्वाचन नतिजा नआउँदासम्म सम्यमित बसेका बाइडेनले अमेरिकी जनता चाहनाअनुसार आफुले राष्ट्रपतिका रुपमा काम गर्ने बताउँदै सन्तुलित अभिव्यक्ति दिए । 

तर, ह्वाइट हाउसमा रहेका ट्रम्पले शनिबार साँझसम्म हार स्वीकार गरेका छैनन् ।  अमेरिकी परम्पराअनुसार पराजित उमेदवारले हार स्वीकार्दै नवनिर्वाचित राष्ट्रपतिलाई बधाई दिन्छन् ।  त्यसपछि निर्वाचित राष्ट्रपतिले समर्थकहरु माझ विजयी मन्तव्य दिने गर्थे । यसपटक यो भएन ।  

Prabhu Bank
Agni Group
NIC Asia

विगतमाभन्दा यो निर्वाचन अलि फरक रह्यो । झन्डै डेढवर्ष लामो निर्वाचन प्रक्रियामा तीव्र प्रतिस्पर्धा त भयो नै यो निर्वाचनले अमेरिकी जनतालाई ध्रुविकरण पनि गरेको थियो । राष्ट्रपति ट्रम्प र बाइडेडनले एक अर्कोलाई व्यक्तिगत आरोप प्रत्यारोप लगाए ।  कोभिड १९ महामारी, अमेरिकाको सर्वोच्च पदमा न्यायाधीशको नियुक्ती जस्ता अस्थायी विषय निर्वाचनका मुख्य मुद्दा बने । 

जसका कारण अर्थतन्त्र, रोजगार, व्यक्तिगत स्वास्थ्य बिमा, अन्तराष्ट्रिय सम्बन्ध परम्परागत विषयमा पहिले जस्तो स्तरमा बहस भएन ।  समग्रमा यो निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुचाउने र नरुचाउने बीचमा भएको थियो ।  अमेरिका पहिलो नीति, मबजुत अर्थतन्त्र, न्यून बेरोजगारी दरप्रति अमेरिकी मतदाताको समर्थन हुँदाहुँदै पनि बढी बोलेका कारण ट्रम्प अलोकप्रिय बनेका थिए । 

Global Ime bank

उनले विगतका आफ्ना निकट सहयोगीलाई पनि विश्वासमा राख्न सकेनन् यो पनि उनको कमजोरी रह्यो । 

ट्रम्पलाई पाँचवर्षयता झन्डै दुई दर्जन महिलाले यौन उत्पिडन गरेको आरोप लगाए, चुनावमा रुसको संलग्नताले जितेको भन्ने आरोप लाग्यो, संसदमा महाभियोगको सामना गर्नुपर्यो, व्यक्तिगत कर दाखिला  र आर्थिक कारोबार विवादास्पद विषय बन्यो तर पनि ट्रम्प गलेका थिएनन् । झिनो मतले हारे पनि उनले कडा टक्कर दिए । जे होस गैर राजनीतिज्ञ, वासिङ्टनबाट टाढा रहेका व्यवसायिक व्यक्तित्व ट्रम्पले अमेरिकी राजनीतिलाई केही छाप र सन्देश दिएर आफ्नो यात्रा टुंग्याउँदै छन् । 

वाइडेन वासिङ्टनमा अनुभवी राजनीतिज्ञ हुन् ।  आठवर्ष उपराष्ट्रपति, झन्डै चार दशकसम्म अमेरिकी सिनेटका रुपमा उनले काम गरेका छन् ।  विदेश नीतिमा उनी अनुभवी मानिन्छन् । तर, उनको बढी उमेर, स्वास्थ्य स्थिति भने आलोचनाका विषय हुन् ।  बाइडेन, कमलाको जितले नेपाल अमेरिका सम्बन्धमा केही फेरबदल आउला ?  खासमा बाइडेन, कमलाको जितले वासिङ्टन र काठमाडौंबीचको सम्बन्धमा खासै कुनै फरक पर्ने देखिँदैन । 

पहिलो वासिङ्टनको राजनीतिक वृत्तमा नेपालले खासै महत्व राख्दैन, र पाउँदैन पनि । अमेरिकाको विदेश नीति मुख्य रुपमा आर्थिक, लगानी, व्यापार र अमेरिकाको सुरक्षासँग सम्बन्धित छ ।  नेपाल र अमेरिकाबीच आर्थिक व्यापारिक सम्बन्ध निकै कम छ । आर्थिक सम्बन्धमा नेपालका लागि अमेरिका महत्वपूर्ण छ, अमेरिकाका लागि नेपाल होइन । अमेरिकाको सुरक्षा चासोमा पनि नेपाल महत्वपूर्ण देशभित्र पर्दैन । 

त्यही भएर नेपालका मन्त्री, पूर्वप्रधानमन्त्री वा राजनीतिज्ञहरु आउँदा पनि वासिङ्टनस्थित विदेश मन्त्रालयका दक्षिण एशिया डेस्क हेर्ने कर्मचारीसँग भेटेर फर्किन्छन् ।  वासिङ्टनस्थित नेपाली दूतावासको काम पनि प्रायः कामचलाउ मात्र हुनेगर्छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड व्यक्तिगत भ्रमणमा वासिङ्टन आउँदा पनि विदेश मन्त्रालयका समान्य कर्मचारीसँग मात्र भेट्न पाएका थिए । 

यसले गर्दा दाहालले असहज महसुस गरेका थिए । नेपाल फर्किएपछि दाहालले अमेरिकाको आलोचना गरेका थिए । वासिङ्टनस्थित नेपाली दूतावासले उनको भ्रमणलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको थिएन ।  दुई देशबीचको भौगोलिक दुरी टाढा रहे पनि नेपाल र अमेरिकाको सम्बन्ध भने पुरानो छ । नेपालले कूटनीतिक सम्बन्ध राखेको अमेरिका दोस्रो देश हो । दुई देशबीचको कूटनीतिक सम्बन्धको इतिहास सातदशकभन्दा लामो छ । 

अमेरिकाले राणाकाल सकिएलगत्तै नेपालमा कृषिको आधुनिकीरण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सहयोग गर्दै आएको थियो ।  नेपालमा मलेरिया नियन्त्रण अमेरिकाको सहयोगले सम्भव भएको हो ।  भारतपछि नेपाल बाहिर नेपाली समुदाय सबैभन्दा बढी स्थायी रुपमा बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने देश अमेरिका हो । 
परिवारका कारण नेपालीको अमेरिका आउने जाने पनि बढिरहेको छ । 

नेपालले प्राप्त गर्ने रेमिट्यान्समा अमेरिकाबाट जाने पैसाको हिस्सा महत्वपूर्ण छ ।  नेपालको राजनीतिभित्र भने अमेरिका आइरहन्छ नै । यसले गर्दा अमेरिकालाई चर्चामा ल्याइरहन्छ ।  अमेरिकाको सहयोग कार्यक्रम एमसीसीका बारेमा अहिले नेपालका गाउँ गाउँका चियापसलमा समेत चर्चा परिचर्चा हुन्छ ।   ट्रम्पले भारत, चीनलगायतका देशसँगको सम्बन्धलाई व्यापारिक लेनदेनको फाइदाका आधारमा लिएका थिए । यही भएर ट्रम्पले पर्यावरण, जलवायु परिवर्तन जस्ता मुद्दालाई महत्व दिएनन् । 

अमेरिकाको हित नगरेको भन्दै चीनसँगको व्यापारलाई अंकुश लगाउन खोजे ।  अमेरिकी लगानी र रोजगारका अवसर विदेश जानबाट सकेसम्म रोके ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट सम्बन्ध रहे पनि व्यापारका क्षेत्रमा अमेरिकाको हितकै विषय ट्रम्प प्रशासनले  उठाइरह्यो ।  कतिपय अवस्थामा मोदीले झड्का पनि पाए । ट्रम्पले मोदीलाई पनि अमेरिकाको व्यापारिक फाइदामा उपयोग गरेका थिए । बरु भारतीय इन्जिनियरहरुलाई अमेरिकामा काम गर्न कठिन हुने गरी ह्वाइट हाउसले नीतिहरु ल्यायो । भारतले यसबारेमा गुनासो गरिरह्यो । 

अमेरिकाले नेपाललाई भारतीय आँखावाट हेर्छ भन्ने नेपालको कूटनीति क्षेत्रमा गुनासो थियो । तर, ट्रम्पको कार्यकालमा अमेरिकाले आफ्नै आँखावाट नेपाललाई हेर्न थालेको थियो ।  यो नेपालको पक्षमा थियो । भारतसँग विवाद बढेको अवस्थामा नेपालले अमेरिकालाई विश्वासमा लिन सक्ने मौका पाएको थियो । करिब ५५ अर्ब रुपैयाँ बराबरको एमसीसीमार्फत सहयोग, इन्डोप्यासेफिक नीतिमा नेपालमा समावेश गराउन खोज्नु यसका उदाहरण हुन् । 

तर, यो कुनै हस्ताक्षर गर्नुपर्ने रणनीति थिएन ।  नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वासिङ्टनको राजनीतिक भ्रमण पनि गरे ।  तर, आफ्नै पार्टीभित्र अमेरिकीसँगको सम्बन्ध राम्रोसँग बुझाउन भने सकेनन् ।   अमेरिकाले यो भ्रमणलाई राजनीतिकरुपमा महत्व दिएको पनि थियो । यो नेपालका छिमेकीलाई चित्त बुझेको भने थिएन । नेपालले पनि यसलाई सदुपयोग गर्न सकेन । 

एमसीसीका बारेमा नेपालमा अनावश्यक राजनीतिमात्र भयो ।  वासिङ्टनस्थित नेपाली दूतावासले पनि वासिङ्टनलाई राम्रोसँग नेपालको पक्षमा उपयोग गर्न असफल रह्यो ।  व्यापार लगानी, आर्थिक सम्बन्धजस्ता नेपालका हितका विषयमा अझ बढी मेहनेत गरेको भए ट्रम्पको कार्यकालमा नेपालले अमेरिकाबाट थप फाइदा उठाउन सक्थ्यो । 

बाइडेन परम्परागत राजनीतिज्ञ हुन् । उनी सन्तुलित विदेशी नीतिमा विश्वास गर्छन् ।  आफ्नो विजयी मन्तव्यमा विश्व समुदायसँग राम्रो सम्बन्ध राख्ने बताए । स्वाभाविक रुपमा भारतसँगको सम्बन्ध उनका लागि महत्वपूर्ण हुने छ । भारतले महत्व पाउँदा कतै अमेरिकाले नेपाललाई फेरि भारतीय आँखाबाट हेर्ने त होइन भन्ने जोखिम छ । 

भारत माइती भएकी कमला उपराष्ट्रपति चयन भएकी छन् । भारतसँगको सम्बन्धमा उनको प्रभाव हुने नै छ । यस अवस्थामा पुनः भारतको चाहनाअनुसार अमेरिकाले नेपाल नीति लिने सम्भावना पनि रहन्छ ।  जुन स्वतन्त्र देश नेपालको पक्षमा हुँदैन । यो अवस्था आउन नदिन नेपालको कूटनीति सक्रिय हुनुपर्ने चुनौती हो । अमेरिकाले नेपालसँगको सम्बन्ध भारतको आँखाबाट हेर्नु कुनै पनि पक्षमा नेपालको हितमा हुँदैन । 

बाइडेनको कार्यकालमा चीन र अमेरिकाबीचको सम्बन्धमा भने सुधार आउने आशा गर्न सकिन्छ । यसले गर्दा नेपालमा एमसीसी सहयोग योजना कार्यान्वयनको वातावरण वन्न सक्छ । यसलाई विरोध गर्नेको स्वर मत्थर हुन सक्छ ।  अमेरिकामा बस्ने नेपाली समुदायमा यो चुनावमा बाइडेन र कमलाको जोडीलाई समर्थन गर्ने नेपालीको संख्या बढी थियो । 

कैयौं नेपालीले बाइडेनलाई भेट्दा फोटो खिचेको तस्बिरहरु पनि सामाजिक सञ्जालमा राखेका थिए ।  यसले गर्दा बाइडेन नेपाली समुदायसँग केही हदसम्म परिचित पनि छन् भन्ने देखाउँछ ।  उपराष्ट्रपतिको नाम कमला भएकाले उच्चारण गर्न सजिलो छ । हाम्रो समुदायलाई यो नाम आफ्नोजस्तो लाग्नु स्वाभाविक हो । तर, अमेरिकामा रहेको नेपाली समुदाय बाइडेन, कमला प्रशासनमा प्रभाव पार्न सक्ने भएको छैन । यसले गर्दा बाइडेन कमलाको जितले नेपाललाई पहिलेभन्दा फाइदा हुने अवस्था देखिँदैन ।

डेमोक्रेटिक पार्टी इमिग्रेशन मामिलामा उदार मानिन्छ । शिक्षा, स्वास्थ्य क्षेत्र सर्वसुलभ हुनुपर्छ भन्ने पक्षमा छ ।  न्यून आय भएका परिवारलाई राज्यले सहयोग गर्नु पर्छ भन्ने डेमोक्र्याट पार्टीको नीति हो । यसले गर्दा अमेरिकामा बस्ने न्यून र सीमित आम्दानी हुने नेपाली समुदायले सहुलीयत पाउने छ ।  विदेशी आमाबाबुकी छोरी कमला उपराष्ट्रपति निर्वाचित हुनु अमेरिकी प्रजातन्त्रको देन हो । यो भने पटक पटक नागरिकताको विवाद आउने नेपालका लागि पनि उदाहरण बन्न सक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !