देश
काठमाडौं । गायक भिटेनलाई गीत गाएकै कारण नसमात्न उच्च अदालत पाटन इजलासले अन्तरिम आदेश जारी गरेको छ । आफूलाई प्रहरीले गीत गाएकै कारण पक्राउ गर्न लागेको भन्दै भिटेनले उच्च अदालतमा निषेधाज्ञा माग गर्दै रिट दायर गरेका थिए ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले गीतसँगितकै कारण पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको उपरजिष्ट्रार शम्भु रेग्मीले जानकारी दिए ।
भिटेनको पारा भन्ने गीतलाई लिएर प्रहरी प्रधान कार्यालयले साइबर सेललाई परिपत्र गर्दै भिटेनलाई आवश्यक कारवाही गर्न निर्देशन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७ १८:३५
प्रतिक्रिया दिनुहोस्