site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पदक विजेता खेलाडीको मासिक भत्ता किन रोकियो ?

काठमाडौं । विगत चार वर्षदेखि एसियन गेम्सका र सागका स्वर्ण पदक विजेता खेलाडीले मासिक पदक प्रोत्साहन भत्ता पाउँदै आएका थिए । यस आर्थिक वर्षको सुरुवातदेखिको मासिक भत्ता भने खेलाडीले पाएका छैनन् ।

नियमित पाउँदै आएको मासिक भत्ता यस आर्थिक वर्षको सुरुवातदेखि किन पाएनन् भन्‍ने उत्तर खेलाडीहरुले समेत पाएका छैन् । विगत चार वर्षदेखि पाउँदै आएको मासिक भत्ता रोकिँदा खेलाडी पनि अब नपाइने त होइन भन्दै अन्योलमा परेका छन् ।

“विगत चार वर्षदेखि पदक विजेता खेलाडीले पाउँदै आएको मासिक भत्ता रोकिएको छ । यस आर्थिक वर्षको भत्ता नपाउँदा खेलाडीहरु अब पाउने/नपाउने भन्दै अन्योलमा छन्,” नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठले भने, “हामीले यस विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सोधपुछ गर्‍यौं । तर, राखेपबाट मन्त्रालयमा गएर बुझ्नुस् भन्‍ने अपरिपक्‍वको जवाफ आयो ।”

Dabur Nepal

खेलाडी संघले पदक विजेता खेलाडीको मासिक भत्ताको विषयमा राखेपअन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापाले मन्त्रालयमा गएर आफैं बुझ्नु भन्‍ने अपरिपक्‍वको जवाफ दिएको श्रेष्ठले जानकारी दिए । उनले खेलाडीको समस्या राखेपले हेर्नुपर्ने अवस्थामा उल्टै अपरिपक्‍वको जवाफ दिएको भन्दै रोष प्रकट गरे ।

त्यसपछि खेलाडी संघ पदक विजेता खेलाडीको रोकिएको मासिक भत्ताको विषयमा जानकारी लिन आइतबार युवा तथा खेलकुद मन्त्रालय पुगेको थियो । तर, मन्त्रालयले पदक विजेता खेलाडीको मासिक भत्ता निर्देशिका नभएकाले यस आर्थिक वर्षको सुरुवातदेखिको रोकिएको जवाफ दिएको थियो ।

“राखेपबाट आफैं मन्त्रालय गएर बुझ्‍नू भनेपछि हामी आइतबार मन्त्रालय पुगेका थियौं । मन्त्रालयमा यस विषयमा बुझ्दा खेलाडी मासिक भत्ताको निर्देशिका नबनेकाले रोकिएको जवाफ आयो,” खेलाडी संघका अध्यक्ष क्षेष्ठले भने । मन्त्रालयले पदक विजेता खेलाडीको मासिक भत्ताको निर्देशिका बनाएर पठाउन केही साताअघि राखेपलाई निर्देशन दिएको थियो । तर, त्यो विषय खेलाडी संघलाई राखेपले भन्‍न चाहेन र मन्त्रालय पठायो ।

“खेलाडी मासिक भत्ता निर्देशिका बनाउन मन्त्रालयले राखेपलाई निर्देशन दिएको रहेछ । तर, त्यो कुरा हामीलाई राखेप भनेन् । हामीलाई मन्त्रालय गएपछि मात्रै निर्देशिकाको विषय थाहा भयो,” उनले भने, “निर्देशिका नभएकाले मन्त्रालयमा आएको बजेटको विवरण अर्थ मन्त्रालयमा बुझाउँदा खेलाडीको मासिक भत्ताको विषय सधैंजसो झन्झिटिलो हुँदै आएको भन्‍ने खेलकुद मन्त्रालयको जवाफ थियो । यसअघिका चार वर्षसम्म जसोतसो मिलाए पनि यस आर्थिक वर्षदेखि मिलाउन नसकिएको मन्त्रालयले भन्यो ।”

मन्त्रालयका अनुसार पदक विजेता खेलाडी मासिक भत्ता निर्देशिका नबनेसम्म खेलाडीले नपाउने बताएको छ । त्यसका लागि राखेपले छिटोभन्दा छिटो अग्रसर हुँदै निर्देशिका बनाउनतिर लाग्‍नुपर्ने हुन्छ । राखेपले जति ढिलो निर्देशिका बनाउन ढिलो गर्‍यो त्यति नै ढिलो खेलाडीले मासिक भत्ता पाउनेछन् ।

२०५६ सालमा आठौं साग सकिएपछि सागका पदक विजेता खेलाडीलाई भत्ता दिन सुरु गरिएको थियो । तर, त्यो केही समयका लागि मात्र सीमित रह्‍यो । त्यसपछि बाबुराम भट्टराई प्रधानमन्त्री र युवराज लामा राखेप सदस्यसचिव हुँदा यस विषयलाई पुन: सुरु गर्न ऐन पारित भएको थियो । कार्यान्वयन भने पूर्वराखेप सदस्यसचिव केशवकुमार विष्टको पालामा भयो । त्यहींबाट एसियन गेम्सका पदक विजेता र सागका स्वर्ण विजेताले निरन्तर मासिक भत्ता पाउन सुरु गरेका थिए ।

वर्तमान सरकारले पनि यसलाई निरन्तरता दिँदै आर्थिक वर्ष ०७६/७७ मा एक हजार थप गर्दै मासिक ६ हजार रुपैयाँ पुर्‍याएको थियो । हाल युवा तथा खेलकुद मन्त्रालयले पनि थप १३औं सागका ५१ स्वर्ण पदक विजेता खेलाडीलाई मासिक ६ हजारका दरले भत्ता दिने निर्णय गरेको थियो । असारबाट लागु हुने गरी १३औं सागका स्वर्ण विजेता खेलाडीले पनि भत्ता पाउने भनिएको थियो । तर, त्यो भत्ता खेलाडीले अहिलेसम्म पाउन सकेका छैनन् ।

एकातिर रजत र कास्य पदक विजेता खेलाडीले पनि मासिक भत्ता पाउनुपर्छ भन्‍ने माग गरिरहँदा अर्कोतिर स्वर्ण पदक विजेता खेलाडीले पनि नपाउँदा खेलाडीको मनोबलमा असर पर्ने देखिन्छ ।

राजन केसी खेलकुदमन्‍त्री हुँदा खेलाडी संघले सागका रजत र कास्य तथा ओलम्पियन खेलाडीहरूलाई पनि प्रोत्साहन भत्ता पाउनुपर्छ भन्दै मन्त्रालयमा फाइल बुझाएको थियो । तर, त्यो समय रजत र कास्यभन्दा पनि ओलम्पियन खेलाडीलाई प्रोत्साहन भत्ता दिन सकिने प्रतिक्रिया मन्त्रालयबाट आएको थियो । त्यसबीच मन्त्रालय र मन्त्रिपरिषद्का सदस्य परिवर्तन भइरहे । त्यसपछिका मन्त्रीहरूसँग समेत खेलाडी संघले पहल नगरको भने होइन । तर, त्यो विषयले अहिलेसम्म सार्थकता पाएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro