site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मंगलबार साँझको पर्खाइमा अमेरिकी राजनीति 

अमेरिका । अमेरिकामा मंगलबार साँझमा तीव्र गतिमा विभाजित यसपटकको चुनावले विश्राम लिनेछ ।  तर, यो चुनावले अमेरिकी राजनीतिलाई कता लैजाला भन्ने शंका उपशंकाहरु उठिरहेका छन् । 

मत सर्वेक्षणहरुले देखाएजस्तै वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प पराजित भए भने के उनले हार स्वीकार्लान् भन्ने हो । डोनाल्ड ट्रम्पको स्वभावका कारण कतिपयले उनले सजिलै हार नस्वीकार्न सक्छन् भन्नेहरु पनि छन् । अहिलेनै यो चुनाव प्रक्रिया मिलेन भन्दै अदालतमा मुद्दा परिसकेको छ । यसले गर्दा पनि ट्रम्पलाई परिणाम नस्वीकार्न बहाना मिल्न सक्छ ।

करिब ९ करोड भन्दा बढीले हुलाक र मतदान केन्द्रमै गएर अग्रिम मत खसालेका छन् । हुलाकबाट प्राप्त मत गन्न झमेला छ । यसमा विवाद पनि छ । यसले गर्दा निर्वाचन परिणाम छिटो नआउन पनि सक्छ । विगतमा पनि यस्तो भएको थियो । ट्रम्पले मंगलबार आउने प्रारम्भिक नतिजा स्वीकारेनन् भने के हुन्छ ? यो प्रश्न उठ्न थालेको छ । 

Dabur Nepal
NIC Asia

चुनावी नतिजा अदालतले टुंगो लगाउनु पर्ने पनि हुन सक्छ । अमेरिकाको सर्वोच्च अदालतमा अहिले अनुदारवादी न्यायाधीशको बहुमत छ । सञ्चारमाध्यमले पनि नहुनु पर्ने अवस्था पनि आउन सक्ने बताएका छन् । ट्रम्पले सञ्चारमाध्यमलाई पहिले देखिनै नकार्दै आएका छन् । सञ्चारमाध्यमको दबाबले उनलाई केही फरक पर्ने छैन । अमेरिकाको राजनीति यसपटक सहज रुपमा अवतरण होस् भन्ने सकरात्मक सोच राख्नेहरु चिन्तामा छन् ।

चुनावी मत सर्वेक्षणहरुले पछाडि देखाए पनि मंगलबार साँझ आफ्नै पक्षमा नतिजा आउने ट्रम्पले घोषणा गरिसकेका छन् । यो निर्वाचनमा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उमेदवार जो वाइडेन  विजयी भएमा अमेरिकी राजनीतिमा एउटा इतिहास बन्ने छ । कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति हुनेछिन् । तर, यो निर्वाचनले अमेरिकी राजनीतिमात्र होइन विश्वमै आदर्श मानिने अमेरिकी प्रजातान्त्रिक अभ्यासमा चोट भने पुर्याएको छ । रिपब्लिकन बाहुल्यता रहेको टेक्सस राज्यमा वाइडेनको चुनाव प्रचारमा गुडिरहेको बसलाई अवरोध गरियो । 

डोनाल्ड ट्रम्पले चुनावी र्‍यालीमा आफ्ना मुख्य प्रतिष्पर्धी वाइेडनलाई निकै तल्लो स्तरको व्यक्तिगत हमला गरे । वाइडेनले जित्नु भनेको चीनले जित्नु होसम्मको आरोप ट्रम्पले लगाए । वाइडेनले विदेशीलाई अमेरिकामा खुला रुपमा आउन दिने ट्रम्पको भनाइ थियो । अमेरिकी नागरिकको जागिर खोसिन्छ जस्ता आरोप पनि ट्रम्पले लगाए ।

वाइडेनले पनि ट्रम्पलाई आलोचना गर्न बाँकी राखेनन् । अमेरिकालाई विभाजित गर्ने व्यक्तिलाई अब राख्नुहुँदैन भनिरहेका छन् । यसरी हेर्दा यो चुनावमा अमेरिकाका मुख्य विषय अर्थतन्त्र, रोजगारी, स्वास्थ्य बीमा मात्र होइन विश्वका विभिन्न देशहरु पनि जोडिएर आए ।  पहिले पहिलेका चुनावमा यस्तो तल्लो स्तरमा बहस हुँदैन थियो । अमेरिकाको विश्वका देशहरुसँग अन्तर्राष्ट्रिय सम्बन्ध के हुने जस्ता विषय मुद्दाका रुपमा  उठ्थे । 

गाली  गलौजका रुपमा होइन । कोभिड १९ को संक्रमणले पनि चुनावमा परम्परागत रुपमा उठ्ने मुद्दामा केही ओझेलमा परे । अर्थतन्त्र, रोजगारी, स्वास्थ्य बीमा, इमिग्रेसन जस्ता विषयमा पहिले जस्तो गहन विश्लेषणहरु भएनन् । ट्रम्पलाई अमेरिकीले अझै मन पराउने एउटा कारण अर्थतन्त्र मजबुत अवस्थामा रहनु हो । बेरोजगारी दर कम छ । 

रोजगार पाउनेको आम्दानी पनि पहिलेभन्दा बढेको छ । अमेरिकामा रोजगारी सबैभन्दा ठुलो विषय र मुद्दा हो ।  ट्रम्पको कार्यकालमा बेरोजगारी दर ५० वर्ष यताकै न्यून विन्दुमा झर्‍यो । विदेशीलाई कम ल्यायो भने हामी अमेरिकी नागरिकले रोजेर जागिर पाउछौँ भन्ने पनि कयौं अमेरिकी धारणा छ । त्यसैले यहाँको नागरिकता भएकाले ट्रम्पलाई गालि पनि गरिहाल्दैनन् । व्यवसायीहरुले त ट्रम्पलाई रुचाएकै छन् ।

यो निर्वाचनमा ट्रम्पको खटाइ पनि उल्लेनीय रह्यो । एकैदिन ४–५ वटा चुनावी सभालाई समेत ट्रम्पले सम्बोधन गरे ।  कोराना संक्रमणबाट निको भएका ट्रम्प आइतबार पाँचवटा ¥यालीमा सहभागी थिए । मंगलबार साँझमा नै अमेरिकाको प्रजातन्त्रका मुख्य दुई पिलर कार्यकारी र व्यवस्थापिका संसदको नतिजा आउने छ ।  सिनेट र कांग्रेसमा कुन पार्टीको बहुमत हुन्छ यो पनि अमेरिकी राजनीतिमा महत्वपूर्ण हुनेछ । 

राष्ट्रपति, सिनेट र कांग्रेसमा डेमोक्रेटिक पार्टीको बहुमत आएमा अमेरिकी राजनीति असन्तुलित हुने जोखिम पनि छ ।  जे होस् मंगलबारको साँझ अमेरिकाको राजनीति र प्रजातान्त्रिक अभ्यासका लागि महत्वपूर्ण भने हुने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro