site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीमा ओली समूह- मुख्यमन्त्री ताक्दा मुख्य सचेतक पनि गयो
SkywellSkywell

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउँदा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले मुख्य सचेतक पनि गुमाएको छ । मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा असोज २५ गते दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै यसअघि मुख्य सचेतक रहेका गुलाबजङ्‍ग शाहको पद गुम्‍न पुगेको हो ।

कर्णाली प्रदेशमा सरकार बन्दादेखि नै ओली समूह विपक्षमा थियो । मुख्यमन्त्री शाहीले एकलौटी गरेको भन्दै तीनपटक अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भए पनि एमाले छँदा संसदीय दलका नेता बनेका यामलाल कँडेलले बहुमत जुटाउन सकेका थिएनन् ।

KFC Island Ad
NIC Asia

यसपल्ट वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्रसमेतको साथ लिएर कँडेलले अविश्वासको प्रस्ताव अघि बढाए । मुख्यमन्त्रीकै रोहबरमा दर्ता गरे पनि । त्यसको प्रतिवाद गर्दै मुख्यमन्त्री शाहीले मुख्य सचेतक गुलाबजङ्‍ग शाहलाई पदबाट हटाइ दिए । उनको ठाउँमा सीता नेपाली नियुक्त गरेर राजनीतिक प्रतिशोध लिए ।

बहुमत गुमाइसकेका शाहीले जोखिमपूर्ण कदम उठाएका थिए । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाल समूहका ७ जना र पूर्वमाओवादी केन्द्रका ठम्मरबहादुर विष्ट आफ्नो पक्षमा उभिएपछि शाहीको कदम सदर हुन पुग्यो । योसँगै पार्टीको प्रदेश सहइन्चार्ज रहेका कँडेललाई राजनीतिक क्षति पुगेको छ । ओली समूहले प्रदेशको संसदीय दलको महत्त्वपूर्ण पद गुमाउन पुगेको छ ।

Royal Enfield Island Ad

दुई अध्यक्षले समाधान दिन नसक्दाको परिणाम
कर्णाली विवाद उत्कर्षमा पुगेपछि असोज २७ गते नै केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले साझा पत्र लेखेर दुवै पक्षलाई काठमाडौं झिकाएका थिए । दुवै अध्यक्ष एकै ठाउँमा बसेर दुवै पक्षको कुरा सुन्नुको सट्टा समूहलाई एक्लाएक्लै निवासमा बोलाएर छलफल गरे ।  प्रचण्डले अघिल्लो बिहीबार र शुक्रबार दुवै पक्षका नेताहरूलाई खुमलटार बोलाइएर छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले दुवै समूहलाई एकठाउँमा राखेर उनीहरूको कुरा सुन्ने प्रयत्न गरे ।

प्रधानमन्त्री ओलीले दुईजना अध्यक्ष बसेर छलफल गर्ने र साझा समाधान दिने बताएका थिए । तर, ओलीले भनेझैं साझा समाधान दिन उनीहरूले सकेनन् । अलगअलग निष्कर्ष सुनाएर कर्णाली पठाउँदा क्षति ओली समूहलाई हुन पुगेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्‍वासको प्रस्ताव बहुमतले अस्वीकृत

त्यसो त ओली समूहका कर्णाली प्रदेशका नेताहरू केन्द्रबाट हस्तक्षेप गर्न नहुने अडानमा थिए । नेपाल समूह, पूर्वमाओवादी केन्द्रका पनि केही सांसद मुख्यमन्त्रीविरुद्ध रहेकाले सहजै बहुमत पुग्‍ने र फाल्न सकिने विश्वासमा रहेकाले संसदीय दलको स्वायत्तताको आवाज उठाइरहेको थियो ।

तर, नेपाल समूह अविश्वासको प्रस्तावमा अडिइरहन सकेन । मुख्यमन्त्री शाहीसँग तीनवटा मन्त्री र एउटा सचेतक बार्गेनिङ गरेर अविश्वासको प्रस्ताबाट फिर्ता भयो । त्यसको घाटा पनि ओली पक्षलाई नै हुन गएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro