site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केराउ तस्करलाई समात्न खोज्दा भएको थियो प्रहरीको हत्या, ७२ घण्टामै हत्यारा पक्राउ
SkywellSkywell

काठमाडौं । कैलालीमा केराउ तस्करलाई नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीको हत्या गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा शनिबार राति मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए ।

सोही क्रममा गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

प्रहरीले हत्यामा संलग्न सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै नेपाली हुन् । प्रहरीमाथि आक्रमण गर्ने समूह ९ देखि ११ जनासम्म रहेको पाइएको छ । उनीहरुलाई आजै सार्वजनिक गर्ने तयारी छ । असई विकको शव आइतबार बिहान र प्रहरी जवान साउँदको शव आज मोहना नदीमा फेला परेको थियो । दुवैको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको हत्यापछि तस्कर समूहले भारततर्फ केराउ निकासी गरेको पनि देखिएको छ ।

विकले चढ्ने बा.५८प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो  ।

Royal Enfield Island Ad

डीआईजी सुवेदीले भने, “७२ घण्टाभित्रै अभियुक्तसम्म पुगेका छौं । घटनामा संग्लन केहीको खोजी कार्य जारी छ । कर्तव्य पालनाकै क्रममा ज्यान गुमाएका संगठनका सदस्यप्रति उच्च सम्मान छ । यसले प्रहरी जुनसुकै चुनौतीमा पनि अग्रमोर्चामा रहन्छ भन्ने देखाएको छ ।”

असई विकको टोलीले सामानसहित तस्करहरुलाई पक्राउ गरेर चौकी लैजान खोजेको थियो । त्यही क्रममा पछाडिबाट घेरा हालेर उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको पाइएको डीआईजी सुवेदीले जानकारी दिए । अनुसन्धानमा प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र सीआईबीको टोली परिचालन भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro