site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चितवन मेडिकल कलेजमा पहिलो पटक कृत्रिम गर्भाधानबाट बच्चा जन्मियो
Sarbottam CementSarbottam Cement

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्मिएको  छ । 

विगत १५ वर्षदेखि सन्तान हुन नसकेको भरतपुरका दम्पतीको  कृत्रिम गर्भाधान विधिबाट शनिबार छोराको जन्म भएको अस्पतालले जानकारी दिएको छ । प्रसुती विभागका डाक्टर रेनुका ताम्राकारको टीमले शल्यक्रिया गरी बच्चाको जन्म दिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले शनिबार गत वर्ष माघमा कृत्रिम गर्भाधान गरिएको र शल्यक्रियामार्फत शिशु जन्मिएको जानकारी दिए । अस्पतालले चितवनमै पहिलोपटक कृत्रिम गर्भाधानबाट शिशु जन्माइएको दाबी गरेको छ । शल्यक्रियाबाट जन्माइएको शिशु र आमाको स्वास्थ्य सामान्य रहेको डा. लम्सालले बताए ।

कृत्रिम गर्भाधान सेवा लिएका पहिलो दम्पत्तीबाट बच्चा जन्माउन सफल भएको अस्पतालको दाबी छ । दुई वर्षअघि यो सेवा सुरु गरेको अस्पतालले अन्य केही दम्पत्तीको समेत कृत्रिम गर्भाधान सेवा दिएको जानकारी दिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement