site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएईमा आईपीएल, नेपालमा अनलाइनबाट लाखौंको सट्टेबाजी

काठमाडौं । यूएईमा इन्डियन प्रिमियर लिग (आईपीएल) जारी छ । कोरोना महामारीका कारण भारतमा हुने आईपीएल यूएईमा भएको हो । विश्वभरिका क्रिकेटप्रेमीको नजर रहेको आईपीएलमा विश्वकै दिग्गज खेलाडीको सहभागिता रहन्छ । कोरोनाकै कारण दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको छैन ।

घरबाटै दर्शकले आईपीएलको मजा लिइरहेका छन् तर यही बीचमा सट्टेबाज समूह भने सक्रिय रहेको पाइएको छ । दुबईमा खेल जारी रहँदा नेपाल र त्यसमा पनि काठमाडौंमा आईपीएलको सट्टेबाजी हुने गरेको छ । सट्टेबाजीमै संलग्‍न आरोपमा महानगरीय प्रहरी वृत्त कालीमाटीले तीन भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । सट्टेबाजी गैरकानुनी धन्दा हो ।

पक्राउ पर्नेमा भारत घर भई कमलपोखरीस्थित होटल कोनार्क इनमा डेरा गरी बस्दै आएका कुलदीप शारण, भारतकै सन्जीव शारण, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, भारत कानपुर घर भई कुलेश्‍वर बस्दै आएका अजय गौतम, काठमाडौं कुलेश्‍वरका उत्तम सापकोटा र काठमाडौं सोल्टीमोडका अनिलकुमार बंसल छन् । उनीहरुको साथबाट मोबाइल, मोटरसाइकल, स्कुटर र एक लाख ८५ हजार १ सय २० रुपैयाँ बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवाली सबैखाले अवैध कारोबारविरुद्ध प्रहरी सक्रिय रहेको बताउँछन् ।

वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार यो गिरोहका नेपालका नाइके भने कुलदीप शारण हुन् । उनले सट्टेबाजीमा लगाएबापत् कमिसन लिने गरेको र खाता भारतमा सक्रिय रहेको खुलेको छ । डीएसपी बोहोराले भने, “यो समूह विगत डेढ वर्षदेखि सट्टेबाजीकै लागि होटेलमा डेरामा बसेको छ । अस्तिको खेलमा सट्टेबाजीमा लगाएको रकम लिन एकजना कालीमाटी आएको सूचनापछि हामी सक्रिय भयौं । अनुसन्धान गर्दै जाँदा समूह नै फेला पर्‍यो ।”

नेपालीमा ठुल्ठूला व्यापारिक घरानाका व्यक्तिले समेत आईपीएल सट्टेबाजीमा रकम लगानी गर्ने गरेका छन् । विश्वका विभिन्‍न स्थानमा ‘अन्डवर्ल्ड डन’ दाउद इब्राहिम एजेन्टले करोडौंको आईपीएल सट्टेबाजी गराउँदै आएको आरोप पनि लाग्दै आएको छ । सट्टेबाजीमा लगानी गर्दा एकैपटक लाखौं कमाउने र गुमाउने खतरा पनि रहन्छ ।

उनीहरुले कारोबार भने अनलाइनबाट गर्दै आएको खुलेको छ । पक्राउ परेका सबैको सट्टेबाजीका लागि अनलाइन खातासमेत छ । बोहोराले भने, “आईपीएल मात्रै नभएर यो समूहले क्यारेबियन प्रिमियर लिग, बङ्‍गलादेश प्रिमियर लिग, विग व्यासमा समेत अनलाइनमार्फत सट्टेबाजीमा रकम लगाइदिने गरेको पाइएको छ । अनलाइनमार्फत यो समूहले लाखौं रकम ट्रान्जेक्सन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।”

डीएसपी बोहोराका अनुसार आईपीएलमा एक पूरा खेलको हार-जितको मात्रै सट्टा लाग्दैन । बरु एक बल, चौका, छक्का र विकेटसम्मको सट्टा लाग्छ । सट्टेबाजीको अवैध कारोबार मोबाइलबाट ‘कन्ट्रोल’ गरिन्छ । सट्टा लगाउने व्यक्तिले फोन गरेर बोली लगाउँछन् । हरेक टिममा रेट फरक-फरक हुन्छ ।

जानकारहरुका अनुसार सीएसके, मुम्बई इन्डियन्सजस्ता बलिया टिममा सट्टाबापत रकम लगाएमा, ती टिम जितेमा धेरै गुणा फाइदासमेत प्राप्त हुन्छ । आईपीएल सट्टेबाजको समूह गाउँभन्दा सहरमा बढी केन्द्रित हुन्छ । प्रहरीका अनुसार सट्टेबाजीका लागि ल्यापटप, टेलिभिजन, मोबाइल र हिसाब राख्‍न एउटा रजिस्टरको मात्रै आवश्यकता पर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro