site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश ५ को नाम लुम्बिनी, दुईतिहाइभन्दा बढी मतले पारित 

काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी दुईतिहाईभन्दा बढी मतले पारित भएको छ । प्रदेशसभामा अत्याधिक बहुमतले प्रदेशको नाम तय भएको हो ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा मत विभाजन हुँदा लुम्बिनीको पक्षमा ७९ र विपक्षमा ४ मत मात्र परेको छ । 

Argakhachi Cement Island Ad

प्रदेशको स्थायी राजधानीका बारेमा विवाद भए पनि नामको विषयमा खासै विवाद थिएन ।

प्रदेश राजधानी देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो । योसँगै प्रदेश ५ को नाम र स्थायी राजधानी अब तय भएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १६:२३
प्रतिक्रिया दिनुहोस्