site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवन राष्ट्रिय निकुञ्‍जमा एकैदिन दुई गैंडा मृत फेला 
Sarbottam CementSarbottam Cement

चितवन । चितवन राष्ट्रिय निकुञ्‍जमा एकैदिन दुई गैंडा मृत फेला परेका छन् । निकुञ्‍जका अनुसार सोमबार भारतको वाल्मिकी टाइगरबाट गण्डकी ब्यारेज हुँदै  तल पट्टी बगेर गएको र  करिब आधा घण्टापछि गैंडाको  मृत्यु भएको थियो ।  

सो मृत गैंडाको पोष्टमार्टम भारतको वाल्मिकी टाइगर रिजर्भबाट भएको निकुञ्जले जानकारी दिएको छ । सरकारी मालसामानको (मृत गैडाको आखेटोपहार) हकमा इन्डियन प्रोटोकल अनुसार सम्पूर्ण भाग जलाउने नीति रहेकाले सोही अनुसार प्रक्रिया पूरा गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै आज नै निकुञ्‍जको सौराहा सेक्टरअन्तर्गतको वनकट्टा वनगछिया भन्ने स्थानको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकबाट उधो मुन्टा भएर   मरेको अवस्थामा करिब १२ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।  

निकुञ्जका अनुसार मृत गैडाको प्रकृति हेर्दा गैंडाहरु एक आपसमा जुधेर बिरामी भइ मरेको हुनसक्ने अनुमान गरिएको छ । उक्त मृत गैंडाको पछाडिको खुट्टा फ्याक्चर भएको तर  मृत गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जानकारी दिएको छ । 

Global Ime bank

यो सँगै यस आर्थिक वर्ष २०७७-०७८ मा मात्रै सातवटा गैंडाको मृत्यु भइसकेको छ ।

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !