site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सम्झना प्रकरण : ‘राजेन्द्रले यसअघि ५ सयमा मिलाएका थिए बलात्कारको घटना’
Sarbottam CementSarbottam Cement

काठमाडौं । बझाङको मस्टा २, खिकाला गाउँस्थित गत बुधबार मन्दिरभित्र मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका राजेन्द्र बोहोरा यसअघि पनि बलात्कार घटनामा संग्लन रहेको खुलेको छ ।

प्रहरी अनुसन्धानका क्रममा बोहोराले साउन अन्तिम साता गाउँकै एक १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको खुलेको हो । बलात्कारपछि पाँच सय रुपैयाँ राखेर खुट्टामा ढोग्‍न लगाइएको र बलात्कृत बालिकाको गर्भ रहे त्यसलाई आफूले स्वीकार्ने भन्दै मिलापत्र भएको पाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका  प्रवक्ता एसएसपी मुकेश सिंहले भने, “साउन अन्तिम साता भएको घटनाबारे पीडित आफैंले उजुरी दिइसकेकी छन् । यो घटनामा मिलापत्र गराउनेमा कार्यमा संग्लन भएकाहरुलाई पनि कानुनी दायरामा ल्याउँछौं ।”

राजेन्द्रले पानीघट्टमा अन्‍न पिस्‍न पुगेकी बालिकालाई बलात्कार गरेको थिए । ५ कक्षामा पढ्ने ती बालिकाले तीन दिनपछि मात्रै घटनाबारे घरमा जानकारी गराएकी थिइन् । त्यसपछि पञ्चायती बसेर गाउँघरकै विषय भन्दै ५ सय रुपैयाँमा घटना गाउँमै गुपचुप पारिएको थियो ।

Global Ime bank

तर बलात्कारको घटनामा जोडिएको डेढ महिना नबित्दै उनै राजेन्द्र गत बुधबार १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परे । एसएसपी सिंहले भने, “अनुसन्धानमा राजेन्द्रले नै सम्झनाको बलात्कारपछि हत्या गरेको खुलेको छ । केही प्रमाण हामीसँग पनि छन् । कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं ।”

बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झना स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्‍न रहेको अवस्थामा मृत फेला परेकी थिइन् । सम्झना घर नआएपछि उनको खोजी गर्दा मन्दिरभित्र राति १० बजे मृत फेला परेकी थिइन् । जिल्ला सदरमुकामबाट राति १ बजे प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

बोहोराले यसअघि पनि पटक-पटक सम्झनामाथि आक्रमणको प्रयास गरेको खुलेको छ । एसएसपी सिंहका अनुसार अरु आपराधिक घटनामा पनि राजेन्द्र जोडिएको पाइएको छ । उनले भने, “उनको विगत पनि आपराधिक छ । केही अन्य जघन्य प्रकृतिमा पनि उनको संग्लनताको आशंका हामीले गरेका छौं । केही सूचना पनि आएका छन् । सबै घटनाको सूक्ष्म अनुसन्धानमा छौं ।”

राजेन्द्रले महिला र बालिकाहरूले लगाएका गहना खोस्‍ने, घर-पसलमा चोरी गर्ने गरेको पाइएको छ । कतिपय अवस्थामा उनी अपराध गरेर केही समय भारतमा गएर बस्‍ने गरेको पनि खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय