site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
जसले पटक-पटक सताउँथ्यो, उसैले बलात्कार गरेर मार्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र गत बुधबार मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरी अनुसन्धान र अस्पतालको रिपोर्टले उनको बलात्कारपछि हत्या भएको खुलेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले प्रहरीले अभियुक्तलाई पक्राउ गरिसकेको र थप अनुसन्धान जारी रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले भने, “यौनांगमा चोट छन् । टाउको, अनुहारमा पनि चोट देखिएको छ । यो सबै हेर्दा उनको बलात्कारपछि हत्या भएको देखिन्छ ।” हत्यामा संलग्‍न रहेको आरोपमा स्थानीय राजेन्द्र बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । एसएसपी सिंहका अनुसार घटनामा बोहोराको संग्लनता अनुसन्धानबाट खुलिसकेको छ । घटनामा बोहोराको मात्रै संग्लनता रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

उनले भने, “बोहोराविरुद्ध केही ठोस प्रमाणहरु पनि फेला परेका छन् । उनको विगत पनि आपराधिक नै देखिन्छ । बोहोरा अर्को बलात्कारको घटनामा पनि जोडिएको कुरा आएको छ । सम्भवतः पीडितका आफन्त आजै प्रहरीको सम्पर्कमा पुग्‍नेछन् ।” बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झना स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्‍न रहेको अवस्थामा मृत फेला परेकी थिइन् ।

Global Ime bank

सम्झना घर नआएपछि उनको खोजी गर्दा मन्दिरभित्र राति १० बजे मृत फेला परेकी थिइन् । जिल्ला सदरमुकामबाट राति १ बजे प्रहरीको टोली घटनास्थल पुगेको थियो । बोहोराले यसअघि पनि पटक-पटक सम्झनामाथि आक्रमणको प्रयास गरेको खुलेको छ । सम्झनाको कानमा सुनको मुन्द्री रहेको र त्यसलाई लुट्न खोजेको पाइएको छ । एसएसपी सिहंले भने, “सम्झनाले त्यो कुरा परिवारलाई पनि भनेकी रहेछिन् । उनका आफन्तले आज राजेन्द्रसँग कुरा गरौंला भनेका रहेछन् । तर उनीहरुले कुरा गर्न नपाउँदै सम्झनाको बलात्कारपछि हत्या भयो ।”

पक्राउ परेका राजेन्द्र र सम्झना छिमेकी हुन् । सम्झना हत्याकाण्डको विरोधमा देशभर प्रदर्शन भइरहेको छ ।
तस्बिर सामाजिक सन्जाल ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय