site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणगढ-मुग्लिन सडकको  चारकिलोमा फेरि पहिरो

चितवन । मंगलबारदेखि परेको अविरल बर्षाका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बुधबार राति ९ बजेर २० मिनेट जाँदा चारकिलो क्षेत्रमा फेरि लेदो सहितको पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको हो । 

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६  अन्तर्गत पर्ने उक्त सडकमा अहिले पनि भारी बर्षा र रातको समय भएका कारण पहिरो तत्काल पन्छाउन नसकिएको कार्यालयले जानकारी दिएको छ । 

पहिरो गएको स्थान मुग्लिनबाट ४ किलोमिटर नारायणगढतर्फ पर्दछ । विगत केही दिनदेखि यो सडक खण्डामा पटक-पटक पहिरो जाँदै आएको छ । 

मौसम पूर्वानुमान शाखाले थप देशका विभिन्न ठाउँमा निरन्तर वर्षा हुने सूचना जारी गरेको र यो सडकखण्डमा अन्य स्थानमा समेत पहिरोको उच्च जोखिम भएको भन्दै वैकल्पिक सडक प्रयोग गर्न चितवन प्रहरीले आग्रह गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro