site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेमा विद्यालय खुले, एक बेन्चमा दुई विद्यार्थी

काठमाडौं । काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
 
शिक्षा मन्त्रालयले निर्धारण गरेका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गरेको पाँचखाल नगरपालिका मेयर महेश खरेल बताउँछन् । “पाँचखाल नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय असोज १ गतेबाटै खुलेका छन्,” नगर प्रमुख खरेलले बाह्रखरीसँग भने, “नगपालिकाको शिक्षा समितिको निर्देशनअनुसार विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिले निर्णय गरेर पठनपाठन सुरु गरिएको हो ।”

नगरपालिकाले सबै विद्यालयका विद्यार्थी र सबै शिक्षकलाई पुग्‍ने गरी संख्या हेरेर माक्स उपलब्ध गराएको र विद्यालय प्रवेश गर्नुअघि ज्वरो नाप्‍न सबै विद्यालयलाई थर्मल गन पनि उपलब्ध गराएको उनले बताए । “कक्षाकोठामा सकेसम्म एउटा बेन्चमा एकजना र अलि बढी विद्यार्थी भए दुईजनासम्म बस्‍ने गरी कक्षा सञ्चालन हुनेछ,” उनले भने, “यदि कुनै कक्षामा बढी विद्यार्थी भए २/३ वटासम्म कोठामा कक्षा सञ्चालन गर्ने र विद्यार्थी तथा शिक्षकले अनिवार्य रुपमा माक्स लगानुपर्ने व्यवस्था गरिएको छ ।”

अहिले नगरपालिकामा सक्रिय संक्रमितको संख्या १/२ जना मात्रै रहेकाले बिहान १० देखि ४ बजेसम्म विद्यालय सञ्चालन गरिएको उनले बताए । यदि संक्रमितको संख्या बढ्दै गए अवश्यकताअनुसार परिमार्जन गर्न सकिने उनको भनाइ छ । नगरपालिकाले यसअघि पनि अनलाइन तथा रेडियोमार्फत पढाएको उनले बताए ।

नगरपालिकाभित्रका संस्थागत र सामुदायिक दुवै विद्यालय सञ्चालनमा आएको उनले बताए । नगरपालिकाले संस्थागत विद्यालयलाई पनि सामुदायिक विद्यालयसरह नै सहयोग गरेको उनले बताए । नगरपालिकाको आजद माविले चैतमा लकडाउन भएपछि उक्त लकडाउन केही खुकुलो भएसँगै कक्षा नियमित गरेको थियो ।  जिल्लामा संक्रमण बढ्दै जाँदा बन्द गरिएकामा अहिले भने नगरपालिकाभरका सम्पूर्ण विद्यालय सञ्चालनमा अएको उनले बताए । विद्यार्थीहरूलाई पाठ्यपुस्तक जेठमै पठाइसकेको समेत उनले बताए ।

नगरपालिकाले विद्यार्थीको भविष्यमाथि पनि खेलवाड नहुने र महामारिसँग पनि जोखिने गरी बीच बाटोबाट अगाडि बढ्ने उनले बताए । 

यता मन्डनदेउपुर नगरपालिकाले पनि केही विद्यालय सञ्चालनमा ल्याएको छ  । नगर प्रमुख टोकबहादुर वाइबाले संघीय सरकारको मापदण्ड पालन गर्दै नगर शिक्षा समितिले सुरक्षका मापदण्ड अपनाएर विद्यार्थीको सिकाइलाई निरन्तरता दिने निर्णय गरेको बताए ।

नगरपालिकाले अनलाइन, रेडियो तथा टोलटोलमा सिकाइ केन्द्र स्थापना गरेर विद्यार्थीलाई पढाउने प्रयास गरेको थियो । तर उक्त प्रयास त्यति प्रभावकारी हुन नसकेपछि नगरपालिकाले सुरुवातमा जोखिम कम भएका केही विद्यालयबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । “संघीय सरकारले तोकेको मापदण्डभित्र रहेर सिकाइ उपलब्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो,” नगर प्रमुख वाइबाले भने ।

मन्डनदेउपुर नगरपालिका १२ मा रहेको इन्द्रावती माध्यमिक विद्यालयलगायतमा विद्यार्थी संख्या तुलनात्मक कम र कक्षाकोठा व्यवस्थापन गरेर पठाउन सक्ने केही विद्यालयले पाठ्यक्रमअनुसार कक्षा सञ्चालन गर्ने भएका हुन् । 

एउटा बेन्चमा बढीमा दुईजना बस्‍ने माक्स अनिवार्य तथा विद्यालय प्रवेश गर्नुअघि ज्वरो परीक्षण गरेर मात्रै विद्यालय सञ्चालन हुने वाइबाले बताए । इन्द्रवाती माविले बिहान १० देखि १ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । 

विद्यालयमा भन्दा पनि विद्यार्थीले घरमा बढी पढ्ने गरी कक्षामा एउटा क्लास २०/२५ मिनेटको मात्रै हुने र शिक्षकले धेरै गृहकार्य दिएर १ बजे घर पठाउने गर्छन् । १ बजेपछि  शिक्षकले भने विद्यार्थीले घरबाट गरेर ल्याएको गृहकार्य जाँच्‍ने तथा उसलाई सिकाउनुपर्ने कुराहरू उसको होमवर्क पुस्तिकामै थप लेखिदिने निर्णय विद्यालयले गरेको छ । विद्यालयमा शिक्षकहरू भने ४ बजजेसम्मै रहनेछन् । 

यसबाहेक पनि अन्य केही विद्यालय खुलेको नगरपालिकाका उपप्रमुख निर्मला शाहीले बताइन् । केही वडामा सक्रिय संक्रमित भएकाले त्यहाँको विद्यालय भने सञ्चालन नहुने उनले बताइन् । -फाइल तस्बिर

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro