site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्टरबाट खसेर ११ महिने बालकको मृत्यु 

चितवन । माडीको बगहीबाट ठोरी जाँदै गरेको ट्याक्टरबाट खसेर ११ महिनाका एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बिहीबार साँझतिर बगहीबाट ठोरी जाँदै गरेको ट्याक्टर बाढी आइरहेको दबुवा खोलामा पल्टिँदा बालक निमेष सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा उनका बाबु सन्तोष सुनार र निरुता सुनारलाई चितवन राष्ट्रिय निकुञ्‍जका सेनाको टोलीले  सकुशल उद्धार गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।  चाँदनी नगरपालिका वडा नं. ३, कञ्‍चनपुर निवासी उनीहरु परिवार ठोरी गाउँपालिका वडा नं. १, सरस्वतीनगरस्थित ससुराली घर जाने क्रममा ट्रयाक्टर दुर्घटना भएको थियो । 

सो परिवार काठमाडौंबाट माडी हुँदै ठोरी पुग्‍ने मेट्रो बसमा आए पनि माडी नगरपालिका वडा नम्बर-९ बगहीस्थित रीउ नदीमै बस फसेपछि  ट्रयाक्टर चढेर  ठोरी जाँदै थिए । 

दुर्घटनास्थल जंगलमा भएका कारण र वर्षा र बाढीका कारण तत्कालै बालकको जीवितै उद्धार वा खोजी कार्य हुन सकेको थिएन । मृतक बालकको शव शुक्रबार बिहानपख सोही जंगलको रातोमाटे भन्ने स्थानमा भेटिएको थापाले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro