site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विपत्तिको अग्रमोर्चामा कसरी काम गर्दै छ नेपाली सेना ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना विपत्तिको अग्रमोर्चामा उभिएका सुरक्षा निकायमध्ये एक हो नेपाली सेना । कोरोना संक्रमणबाट ज्यान गुमाएकाका शव व्यवस्थापन, क्‍वारेन्टिन/आइसोलेसन सुरक्षा, उपचारलगायत काममा सेनाको सक्रियता छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार कोरोना महामारीको समयमा सरकारले विभिन्‍न ११ वटा काम सेनालाई सुम्पिएको छ । कोरोनाविरुद्धको मोर्चामा सक्रिय रहँदा १७ सयको हाराहारीमा सेना संक्रमित भएका छन् । पछिल्लो समय लगातार संक्रमितको संख्यासँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता पौडेल भन्छन्, “सबैभन्दा चुनौतीपूर्ण काम भनेकै शव व्यवस्थापन हो । हामी यसमा सक्रिय छौं । सुरुवाती चरणमा अन्य सुरक्षा निकायका तीन सय जनालाई पनि हामीले शव व्यवस्थापन तालिम दिएका थियौं । जोखिम निरन्तर बढ्दै गएकाले हामी थप जिम्मेवार भएर अगाडि बढेका छौं ।”

सीमानाका भएर आउनेलाई सहयोग,स्वास्थ जाँच र तेस्रो मुलुकबाट आएकाहरुलाई होल्डीङ सेल्टरदेखि गन्तव्यसम्म पुर्‍याउने काम पनि सेनाले गरिरहेको छ । यसबाहेक कारागारको सुरक्षामा पनि सेना सक्रिय छ । जनचेतना फैलाउने र निषेधाज्ञा कार्यान्वयनमा पनि आफूहरु सक्रिय रहेको प्रवक्ता पौडेलले बताए ।

Global Ime bank

दैनिक स्वाब संकलन गर्दै
प्रवक्ता पौडेलका अनुसार सेनाको छाउनीस्थित अस्पतालमा दैनिक ९४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन हुने गरेको छ । यसबाहेक काठमाडौं उपत्यकामा गाडीमा घुम्ती सेवामार्फत दैनिक समुदायमै गएर विभिन्‍न व्यक्तिको स्वाब संकलन गर्दै आएको छ ।

प्रवक्ता पौडेलले भने, “सेनाको स्वास्थ्यकर्मीको टोलीले  गाडीमा गएर उपत्यकाका विभिन्‍न स्थानमा स्वाब संकलन गर्छ । त्यो गाडीमा तीनजनाले एकैपटक भित्रबाट स्वाब संकलन गर्छन् । समुदायमा गएर पनि हामीले नमुना संकलन गर्छौं ।”

शव व्यवस्थापन चुनौतीपूर्ण
सबैभन्दा चुनौतीपूर्ण काम हो संक्रमितको शव व्यवस्थापन । अस्पतालबाट लगेर सेनाले नै शव व्यवस्थापन गर्दै आएको छ । शव व्यवस्थापनमा खटिएकाहरुमा कोरोनाको उच्च जोखिम पाइएको छ । तर सेनाले शव व्यवस्थापन परिवारकै राय र धार्मिक परम्पराअनुसार गर्दै आएको छ ।

सेनाले परिवारकै अनुमतिमा खाल्डोमा गाड्ने, चितामा जलाउने, विद्युतीय शव गृहमा जलाउने र कब्रस्तानमा गाड्ने काम गर्दै आएको प्रवक्ता पौडेल बताउँछन् । जोखिमका बीच पनि अन्तिम संस्कारमा धार्मिक मान्यता, मन्त्र सबै विधि पुर्‍याएर हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय