site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
भरतपुरका मतदाता भन्छन्– मेयर नपाउनुमा हाम्रो के अपराध ?
SkywellSkywell

चितवन । यही असार १४ गते एक, पाँच र सात नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह चुनावका लागि आज उमेदवारी दर्ता भइरहेको छ । गत वैशाख ३१ गते तीन प्रदेशका २ सय ८३ स्थानीय तहमा निर्वाचन भइसकेको छ । सबै तहले जनप्रतिनिधि पनि पाए, तर चितवन भरतपुरका मतदाताले चुनाव भएको एक महिना पाँच दिन बितिसक्दा पनि प्रमुख, उपप्रमुख पाउन सकेका छैनन् । 

त्यसो त भरतपुर महानगर माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल प्रमुख पदमा उठेकाले पनि चर्चामा छ । व्यवस्थापिका संसद्को पहिलो दल नेपाली कांग्रेसले पनि दाहाललाई सघाएको छ ।

मतगणनाका क्रममा १९ नम्बर वडाको ९० वटा मतपत्र च्यातिएपछि भरतपुर महानगर अनिर्णयको बन्दी बनेको छ । निर्वाचन आयोगले पनि यसै गर्ने भनेर निर्णय लिन सकेन । यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । 

KFC Island Ad
NIC Asia

सर्वोच्च अदालतले पनि निर्णय लिन हिच्किचाइरहेको भरतपुरका मतदाताको आक्रोश छ । भरतपुर–२० का इन्द्रकुमार राई अदालतले खुट्टा कमाएको ठान्छन् । भन्छन्, “चुनाव भएका तहले जनप्रतिनिधि पाएर कार्यभार सम्हालिसक्दा पनि भरतपुरले प्रमुख, उपप्रमुख पाउन सकेको छैन, यो राष्ट्रिय लज्जाको विषय हो ।”

उनले चुनाव भएपछि परिणाम स्वीकार्न हिच्किचाउन नहुने जिकिर गरे । “आज १९ नम्बरको च्यातियो । त्यहाँ चुनाव त गरौँला । भोलि २० नम्बरको पनि च्यातियो भने के गर्ने ?” उनको प्रश्न थियो । उनले मतपत्र च्यात्नेको मनोबल बढाउन पनि कुनै हालतमा चुनाव गर्न नहुने जिकिर गरे ।

भरतपुर–३ मा कुशल श्रेष्ठले भरतपुर–१९ का सन्दर्भमा छिटो निर्णय लिइनुपर्ने बताए । “चुनाव भएका ठाउँका मतदाताले प्रतिनिधि पाइसक्दा यहाँका मतदातामा निराशा छाएको छ । भोट हाल्दा पनि प्रमुख, उपप्रमुख नपाउनु दुःखद् कुरा हो, " उनले भने । वडा नं. ३ मा कांग्रेसले विजय हात पार्यो । मतगणनाका क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि अदालतले शपथ नखुवाउन आदेश दिएपछि वडा नम्बर ३ ले पनि प्रतिनिधि पाउन सकेको छैन ।

श्रेष्ठले पनि ९० मत बदर गराएर मतगणना गर्नुपर्ने तर्क गरे । अन्यथा चुनावको शृंखला नरोकिने उनको दाबी थियो ।

यता भरतपुर– ३ कै रामचन्द्र न्यौपाने चुनाव गराए पनि, मत गने पनि छिटो निर्णय लिन सरोकारवाला निकायको ध्यानाकर्षण गराउँछन् । “छिटो निर्णय नलिने हो भने सबैको कमजोरी देखिन्छ,” भरतपुरलाई अनिर्णयको बन्दी नबनाउन उनले अनुरोध गरे ।

वडा नम्बर ३ कै राधा रेग्मीले भरतपुर महानगरको छिनोफानो नहुनु राज्यको अकर्मण्यताको विषय भएको बताइन् । पुल्चोकको सडक पेटीमा खेलौनाको व्यापार गर्ने उनी भन्छिन्, “चुनाव भयो भनेर कत्रो उत्साहले भोट हाल्न गएका थियौँ । नेताहरूले केही गर्लान् भन्ने लागेको थियो । तर, जनताले दिएको मत च्यातेर उल्टै जनताको अपमान पो गरिएछ !” उनले पनि निर्वाचन गर्ने हो कि मत गन्ने हो छिटो निर्णय लिन सुझाव दिइन् ।

भरतपुरकै राजेन्द्र पाण्डेको पनि त्यस्तै सुझाव छ । जनताको मतको समेत सुरक्षा गर्न नसक्नेले, सम्मान गर्न नसक्नेले जनताको कसरी रक्षा गर्छन् भन्ने प्रश्न उठेको उनको तर्क थियो ।

भरतपुर न्युरोडमा होटल सञ्चालन गर्दै आएका यज्ञपुरीका धनसिंह श्रेष्ठ पनि प्रमुख, उपप्रमुखको टुंगो नलगाइदिएर भरतपुरबासीको अपमान गरिएको जिकिर गर्छन् । “भरतपुरबासीलाई अपराधीसरह व्यवहार गरिएको छ । चुनाव भएको ठाउँमा सबैले जनप्रतिनिधि पाइसके, हामीले मेयर, उपमेयर पाउन सकेनौँ, हाम्रो के अपराध छ ?,” उनको प्रश्न थियो ।

त्यस्तै उनले अदालतले ६ गतेका लागि पेसी तोकेको भए पनि ६ गते पनि छिनोफानो नहुने जिकिर गरे । उनले भरतपुरलाई अनावश्यक राजनीतिको क्रिडास्थल बनाएको चुनावको सामान्य जितहारको विषयलाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाइएको भन्दै दुःख व्यक्त गरे । “भरतपुर घटना लोकतन्त्रको कलंक हो, नेताहरू सचेत हुनुपर्छ,” उनको टिप्पणी थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ४, २०७४  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro