site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्लब लाइसेन्स : विभागीय टिमलाई ‘निल्नु न ओकल्नु’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लब लाइसेन्सका लागि ए डिभिजन क्लबहरुलाई विभिन्‍न शीर्षकमा रिपोर्ट मागेको छ । एन्फाले सेप्टेम्बर अन्तिम तारिखसम्म सबै क्लबलाई दुई शीर्षकको रिपोर्ट बुझाइ सक्ने मिति तोकेको छ । 

लाइसेन्सको विषयमा एएफसीको कारबाहीबाट सतर्क भएको एन्फाले एएफसी क्लब लाइसेन्सअघि क्लबहरुलाई एन्फा लाइसेन्स दिने योजनासमेत बनाएको छ । एएफसीले सन् २०१९ देखि सबै सदस्य राष्ट्रलाई अनिवार्य क्लब लाइसेन्सिङ प्रणाली लागु गर्न निर्देशन दिएपछि एन्फाले पनि यस प्रक्रियालाई अगाडि बढाएको हो ।

यस प्रावधानअनुसार अब सहिद स्मारक ए डिभिजन लिग खेल्न क्लबले एन्फाको न्युनत्म मापदण्ड पूरा गर्नुपर्ने छ । त्यसका लागि पहिलो चरणमा सेप्टेम्बर अन्तिम तारिखसम्म ए डिभिजन क्लबले एक वर्षको अडिट रिपोर्ट र युथ विकास कार्यक्रम योजनाको रिपोर्ट एन्फालाई बुझाई सक्नुपर्ने क्लब लाइसेन्सिङ अफिसर युजल श्रेष्ठले जानकारी दिए । 

Dabur Nepal

उनले भने, “क्लब लाइसेन्सका लागि हामीले विभिन्‍न शीर्षक अनुसार मिति तोकेका हुन्छौं । त्यस अनुसार सेप्टेम्बर ३० तारिखभित्र हामीले एक वर्षको अडिट रिपोर्ट र युथ विकास कार्यक्रम योजनाको रिपोर्ट बुझाइसक्नु पर्ने भनेका छौं । थप प्रक्रिया त्यसपछि हुनेछ ।”  

सबै क्लबका लागि मुख्य समस्या भनेको युथ विकास कार्यक्रम योजना हो । तर, विभागिय टोलीका लागि भने अडिट रिपोर्ट मुख्य समास्या बनेको छ । आफ्ना कुनै पनि क्रियाकलाप सार्वजनिक नगर्ने आर्मीले पनी अब क्लब लाइसेन्सका लागि आर्थिक पाटो सार्वजनिक गर्नु पर्नेछ । जुन विषय विभागिय टोली आर्मीका लागि निकै नै चुनौती पूर्ण छ । विभागीय टोलीका लागि अडिट रिपोर्ट र विधान सबैभन्दा समस्या भएको क्लब लाइसेन्सिङ अफसर श्रेष्ठले भने । 

“एएफसीको निर्णय अनुसार हामीले प्रक्रिया अगाडि बढाउनै पर्‍यो । यस विषयमा पनि विभागीय टोलीसँग छलफल गरेका थियौं । उनीहरुले हामी सक्छौं भनेका छन्,” श्रेष्ठले भने, “विभागीय टोलीका लागि मुख्य समस्या भनेको विधान र अडिट रिपोर्ट हो । उनीहरुको वार्षिक खर्च सबै खेलका लागि एकमुस्ठ आउँदो रहेछ । तर, एएफसीले फुटबलका लागि मात्र गरेको क्लबको खर्च विवरण मागेको हुन्छ । नेपाली क्लबको खर्च र कमाई कति भन्ने मोटामोटी एएफसीलाई न्युनतम थाहा हुन्छ । यसमा कुनै तलमाथी गर्न पनि सकिने अवस्था हुँदैन् ।” 

केही साताअघि एन्फाले भर्चुअल बैठक गर्दै क्लबहरुलाई न्युनतम आधारहरु र कार्यविधि बनाएर क्लबमाझ प्रस्तुत गरेको थियो । त्यहि समय एन्फाले क्लबहरु लाईसेन्स नभए लिग नै खेल्न नपाउँने घोषणा गरेको थियो । 

क्लब लाइसेन्स प्राप्तिका लागि यतिबेला विभागीय टोली लागि परेका छन् । आर्मी पनि आफ्नो अडिट रिपोर्ट सार्वजनिक गर्न तयार भएको छ । “हामी क्लब लाईसेन्सका लागि प्रयास गरिरहेका छौ,” आर्मी खेलकुद केन्द्रका केन्द्र पति ब्रिजेस महर्जनले भने, “विभागमा सबै खेलको लागि एकमुस्ट बजेट आउँछ । कुन खेलाका लागि कति र कुन प्रतियोगिताका लागि कति बजेट भन्ने हुँदैन् । त्यसैले हाम्रा प्रत्येक खेलका लागि छुट्टा छुट्टै बजेट भनेर छुट्टाउन गाह्रो छ ।”

फुटबलका लागि मात्र कति बजेट आयो भनर आर्थिक पाटो छुट्टाउन गाह्रो भएकाले विभागीय टोलीलाई क्लब लाइसेन्सको प्रक्रिया केही असहज भएको उनले सुनाए । उनले आर्मी हाल यसैको अध्यनमा रहेको बताएका छन् । विभागले क्लब चलाउन चाहे वार्षिक अडिट रिपोर्ट बुझाउन सक्नुपर्ने आवश्यक भएको उनको बुझाइ छ ।
 
“क्लब लाइसेन्सका लागि एएफसीले अडिट रिपोर्ट माग्यो भने हामीले बुझाउनै पर्छ । होइन, भने क्लब नै नचलाए भयो । लिग नै नखेले भयो । फेरि हाम्रो आर्थिकको विषय बाहिर आउँदैन भन्ने होइन । हाम्रो पनि पारदर्शी नै छ,” आर्मी खेलकुद विभाग प्रमुख महर्जनले भने, “अब झन हामीले आफ्नो साइटमा नै राख्नुपर्ने छ । हामी पारदर्शी छैनौं भने राख्‍ने विषयमा छलफल नै हुँदैन नी ।”

उनले थपे, “हाम्रो अडिट रिपोर्ट दिनु ठूलो समस्या होइन । एकमुस्ठ बजेट आउने भएकाले अडिट रिपोर्ट देखाउन गाह्रो भएको हो । त्यसैले हाल हामी फुटबलका लागि मात्र कति बजेट आयो भन्‍ने अध्यनमा छौं । एन्फाले सेप्टेम्बर अन्तिमसम्म यसको रिपोर्ट बुझाउन भनेको छ । हामी बुझाउछौं पनि । हामीले फुटबलका लागि खर्च नगरेका होइनौं । लिगकै लागि भनेर त्यत्रो पैसा खर्च भइरहेको हुन्छ । प्रधान सेनापति महिला फुटबल प्रतियोगिता गरिरहेका छौ । अहिले ग्रसरुट योजना पनि अघि सारेका छौ ।”

यसअघि एन्फाले गलत तरिकाले आफ्ना क्लबहरुलाई एएफसी क्लब लाइसेन्स दिलाएको थाहा पाएको थियो । एएफसी क्लब लाईसेन्स न्युनतम मापढण्ड पुरा नगरी दिएको भन्दै एएफसी सबै क्लबको लाइसेन्स खारेज गरेको थियो । जसका लागि एन्फाले १० हजार डलर एएफसीलाई जरीवाना तिरेको थियो ।
 
क्लबहरुले लाइसेन्स प्राप्तिका लागि क्लबको घरेलु मैदान, अफिस, टिम स्टाफ, वार्षिक आय व्यय विवरण, वार्षिक साधारण सभा र युथ विकास योजना कार्यक्रम हुनुपर्नेछ । 

त्यस्तै प्रत्येक टिममा कम्तिमा १८ खेलाडी वर्ष भरीका लागी अनुबन्धन हुनुपर्ने र क्लबका योजना जस्ता आधारहरु क्लबले एएफसीलाई रिपोर्ट बुझाउनु पर्नेछ । तर, यी प्रायः आधारहरुमा भने नेपाली क्लबहरु चुकेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro