site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सिद्धार्थनगरमा चुनावी चहलपहल बढ्यो
SkywellSkywell

भैरहवा । यही असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको चुनावका लागि उमेदवारी मनोनयन गर्न एक दिनमात्र बाँकी हुँदा रुपन्देहीमा चहलपहल बढेको छ । हालसम्म सिद्धार्थनगरमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

नेपाली कांग्रेस
नेपाली काँग्रेसका तर्फबाट सिद्धार्थनगरको मेयर पदका उमेदवार मातृकाप्रसाद यादव र उपमेयरकी उमेदवार माधवी शर्मा वाग्ले दिनहुँ घरदैलोमा छन् । ढिलो गरी उमेदवारी पाएका यी दुवैलाई घरदैलोमा भ्याई–नभ्याई छ । काँग्रेसका वडाअध्यक्षका उमेदवारहरूले पहिलो चरणको घरदैलो सम्पन्न गरे पनि मेयर उपमेयरले पहिलो चरणको घरदैलो गरिरहेका छन् । 

KFC Island Ad
NIC Asia

मेयर–उपमेयरका उम्मेदवारले वडा नं. १, २, ३, ४, ५, ६ र ८ को केही भागमा  घरदैलो अभियान सकेका छन् भने बाँकी वडामा क्रमशः घरदैलो गरीने नगर सचिव सञ्जीव शर्मा रेग्मीले बताए । 

नेकपा एमाले
पहिले नै मेयरमा हरिप्रसाद अधिकारी र उपमेयरमा उमा काफ्लेलाई उम्मेदवार बनाएको एमालेले पहिलो चरणको घरदैलो सकेको छ । प्रचार–प्रसारमा अन्य दलहरूभन्दा अगाडि देखिएको एमालेले संघसंस्था तथा सामाजिक अगुवाहरूसँग पनि अन्तरक्रिया गरिरहेको छ । घरदैलो सकीसकेको एमालेका उम्मेदवारहरुले अहिले आन्तरीक भेटघाटलाई केन्द्रीत छन् । 

राप्रपा
पहिले नै मेयर पदमा सागर प्रताप राणाको उम्मेदवारी घोषणा गरेको राप्रपाले पनि पहिलो चरणको घरदैलो अभियान सकेको छ । पहिलेदेखि मेयरमा पार्टीबाट एकल आकांक्षी रहेका उनी घोषणा पूर्व नै प्रचार प्रसारमा थिए । यसअघि एमालेसँगको गठबन्धनबाट मेयर पदमा जितेका राणा यसपटक बिना गठबन्धन उम्मेदवार छन् । उनी अहिले पनि घरदैलो र मतदाता भेटघाटमा छन् ।

माओवादी केन्द्र
माओवादी केन्द्रबाट मेयरमा फैज अहमद खाँन र उपमेयरमा कमला थापाले टिकट पाएसँगै प्रचार प्रसारलाई तिव्र पारेको छ । माओबादीले घरदैलोसँगै चोक चोकमा कोण सभाहरू गर्दै आफ्ना एजेण्डाहरू प्रस्तुत गरिरहेको छ । मओवादी उम्मेदवारहरु पनि अहिले घरदैलोमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २, २०७४  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro