site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अपहरणपछि फिरौती मागेको आरोपमा ३ जना पक्राउ
Sarbottam CementSarbottam Cement

काभ्रे । अपहरण तथा शरीर बन्धक बनाइ फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका ४ स्थित २८ किलो क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्‍चोक पाँचखाल नगरपालिका १२ तिनघरे घर भइ हाल धुलिखेल नगरपालिका ४ स्थित २८ किलो डेरा गरी बस्‍ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका ४ लालगणेशस्थान घर भइ हाल धुलिखेल नगरपालिका ४ स्थित २८ किलो डेरा गरी बस्‍ने २१ वर्षीया उमा परियार छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाँचखाल नगरपालिका १२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका ४ स्थित २८ किलोमा ४-५ जनाको अपरिचित समूहले अपहरण गरी बन्धक बनाइ ५० हजार रुपैयाँ माग गरेको गरेको थियो ।

प्रहरीले खोजी गर्ने क्रममा सोही दिन बेलुका बनेपा नगरपालिका १० बुडोलबाट राजकुमारलाई सकुशल उद्धार गरेको थियो ।

Global Ime bank

उक्त घटनामा संलग्‍न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा सबिनाले पीडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न बोलाएको, सबिना र उमाले धुलिखेल नगरपालिका ४ स्थित अठ्ठाईस किलोमा भेट गरी सबिनाले जंगलतर्फ लिई गएको, जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाई ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको छ ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय