site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
एमसीसी प्रस्तावबारे लिलामणि पोखरेलको ‘नोट अफ् डिसेन्ट’
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर ।


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमाथि 'नोट अफ् डिसेन्ट' राखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबारको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले एमसीसी परियोजना देश हितमा संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने प्रस्ताव गरेका थिए ।

पोखरेलले त्यसमा नोट अफ् डिसेन्ट राखेका हुन् ।

Global Ime bank

“एमसीसी आफैंमा विभिन्‍न उद्देश्यले आएको हो । मूल सम्झौता संशोधन हुँदैन भनेर अमेरिकी पक्षले भनिसक्यो । मूल सम्झौतामै संशोधन हुँदैन भने कसरी हित अनुकूल संशोधन हुन्छ त ?,” पोखरेलले बैठकमा उठाएका थिए ।

एमसीसी आईपीएस (इन्डो प्यासिफिक स्ट्राटेजी)को अंग भएको बताउँदै आएका पोखरेल बैठकमा पनि त्यही कुरामा उभिएका थिए । “आईपीएस अमेरिकाको ग्लोबल पोलिटिक्स र सुरक्षा सञ्चालन गर्नेसँग सम्बन्धित छ । नीति र गठबन्धन हो । त्यसो हुँदा नेपालको हकमा मात्रै संशोधन होला त ? नेपाल मात्रै त्यससँग सम्बन्धित छैन भन्ला त ?,” पोखरेलले आफूले बैठकमा उठाएको कुरा बाह्रखरीसँग भने, “हाम्रो लागि अमेरिकाले आफ्नो ग्लोबल पोलिसी नै परिवर्तन गर्ला त ?”

अमेरिकाले नेपाललाई आईपीएससँग साझेदारी गराएको उनको ठहर थियो । “यो नेपालको संविधान कानुन, सरकार, संसद, अदालतको मान्यताको विपरीत छ । संविधानभन्दा माथि रहने सम्झौताका कुराहरू छन् । प्रारम्भमा प्रोटोकल नमिली सम्झौता भएको छ । उताबाट सामान्य कर्मचारी, हाम्रोमा मन्त्रीले हस्ताक्षर गरेर सम्झौता भएको  छ । त्यो अनुदान सहायतासम्बन्धी समझदारी हो । त्यसलाई अन्तर्राष्ट्रिय कानुन अनुसार सन्धिको मान्यता दिएको छ । त्यो परिमार्जन गरेर देश हित अनुकूल बन्ने कुरामा सन्देह छ, अतः यसमा मेरो 'नोट अफ् डिसेन्ट' हो,” उनको भनाइ थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय