site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फामा दुई दशकभन्दा बढी काम गरेका कर्मचारीको छैन सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कर्मचारीहरू साढे दुई दशकदेखि सम्झौताविनै काम गरिरहेका छन् । फेडेरेसन अफ इन्टरनेसनल फुटबल एसोसियसन (फिफा) र एसियन फुटबल फेडेरेसन (एएफसी) ले पछिल्लो समय कर्मचारीको सम्झौता अनिवार्य गर्न भनेपछि यो समस्या बाहिरिएको हो ।

फिफा र एएफसीले अहिले कर्मचारीको सम्झौताविना तलब निकासा नगर्ने भनेपछि समस्या देखिएको बताइएको छ । एन्फाका वरिष्ठ पदाधिकारीले कर्मचारीको तलब रोक्का भएको स्वीकारेका छन् । ‘‘सम्झौता नभइ कर्मचारीहरूले तलब पाउँदैनन् । सम्झौता गर्न पुराना कर्मचारीले अवरोध सिर्जना गरेका छन्,’’ ती पदाधिकारीले भने, ‘‘स्थायी हुने प्रक्रिया हुन्छ । लोकसेवा आयोगबाट पास भएर आउनुपर्छ । चिठीका भरमा स्थायी हुँदैन । फेरि खेलकुद संघमा कहीं पनि स्थायी कर्मचारी भन्‍ने हुँदैन । पहिला कुनै निर्णय नगरी चिठीका भरमा कर्मचारी भर्ना गरिएको छ ।’’

सन् १९९० को दशकदेखि एन्फामा कर्मचारीलाई नियुक्ति दिएको पाइएको छ । जुन अहिलेसम्म पनि कार्यरत छन् । तर, साढे दुई दशकभन्दा लामो समय काम गरेका कर्मचारीलाई अहिलेसम्म स्थायी भएको अनुभूतिका साथ काम गरिरहेका थिए । तर, अहिले फिफा र एएफसीले सम्झौता अनिवार्य गर्न भनेपछि समस्या बल्झिएको हो ।

एन्फामा सबैभन्दा पुरानामध्येका एक प्रशासन विभाग प्रमुख गोकुल थापाले कर्मचारीले सम्झौतामा बखेडा झिकेको भन्‍ने कुरा यथार्थ नभएको बताएका छन् । ‘‘सम्झौताबारे छलफल भइरहेको छ । प्रक्रिया अगाडि बढेको हो । लकडाउनले गर्दा केही समस्या भएको पनि हो,’’ थापाले भने, ‘‘हाम्रो माग भनेको अफ टाइममा पनि कहिले-काहीं काम गर्नुपरिरहेको हुन्छ त्यसबारे सुनुवाइ होस् भन्‍ने हो ।’’

एन्फामा लामो समयदेखि पदाधिकारीहरूबीचको विवाद केही समययता मत्थर भएको देखिन्छ । तर, अहिले पुनः कर्मचारीको सम्झौतालाई लिएर एन्फा पदाधिकारी र कर्मचारीबीचको सम्बन्धमा खटपट सुरु भएको छ । एन्फाले कर्मचारी नियमावली बनाए पनि कार्यान्वयनमा आउन सकेको छैन । नियमावली बनाए पनि अहिले त्यसको कार्यान्वयमा जाने क्रममा समस्या उत्पन्‍न भएको बताइएको छ ।

यता, एन्फा महासचिव इन्द्रमान तुलाधर भने कर्मचारीको पक्षमा देखिएका छन् । अहिलेसम्म कर्मचारीसँग कुनै विवाद नभएको स्पष्ट पारे । ‘‘त्यस्तो होइन । सम्झौता साउनदेखि लागु हुने हो । सबै कुरा असारसम्मको क्लियर छ । अहिले लकडाउनले गर्दा समस्या भएको हो,’’ महासचिव तुलाधरले भने ।

महासचिवले यस्तो भनिरहँला बाह्रखरीसँग ती पदाधिकारीले भने महासचिव तुलाधर आफैं पनि कर्मचारीको सम्झौता कार्यान्वयनमा लैजाने कुरामा ढिला गरिरहेको आरोप लगाएका छन् । महासचिवले लकडाउनले गर्दा समस्या भएको बताए पनि कर्मचारीहरूसँग सम्झौता गर्ने निर्णय माघ अन्तिम साता बसेको कार्यसमिति बैठकले गरेको थियो । यसको जिम्मेवारी महासचिव तुलाधरले नै पाएको ती पदाधिकारी बताउँछन् ।

‘‘यो कामको जिम्मेवारी महासचिव इन्द्रमान तुलाधरलाई दिइएको हो । तर, अहिलेसम्म त्यो काम हुन सकेको छैन,’’ उनले भने, ‘‘कर्मचारीहरूले आफ्नो तलबको २ सय प्रतिशत बढाउन माग गरिरहेका छन् । त्यो सम्भव नभएको भन्दै प्रस्तावै रोकिएको छ ।’’

कर्मचारीहरूले आफ्नो तलबको कुरा गरे पनि खेलाडीबारे केही बोलेका छैनन् । तर, खेलाडीदेखि सबैको तलब बढाउनुपर्ने ती कर्मचारी बताउँछन् । त्यसले आर्थिक भार बढाउने हुँदा तत्काललाई रोक्ने निर्णय भएको उनको भनाइ छ ।

अध्यक्ष कर्माछिरिङ शेर्पाले भने कर्मचारीहरूको तलब बढाउने प्रस्ताव केन्द्रीय कार्यसमितिले पारित गरे आफूले त्यसमा समर्थन गर्ने बताएको स्रोतले भनेको छ ।

यस्तै, एन्फा प्रवक्ता किरण राईले कर्मचारीहरूले समस्या सिर्जना गरेको भन्दा पनि केही कुराहरूमा उनीहरूको असन्तुष्टि रहेको बताएका छन् । ‘‘कर्मचारीको केही माग र लकडाउनले गर्दा सम्झौता प्रक्रिया अघि बढ्न सकेको छैन,’’ उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro