site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काठमाडौं प्रवेशमा पीसीआर रिपोर्ट नचाहिने, तर सहज छैन भित्रिन
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यका भित्रिन अब कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । यसअघि अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा पीसीआर रिपोर्टसमेत अनिवार्य गरिएको थियो । तर पीसीआर रिपोर्ट भए त्यसले सहज भने हुनेछ । कोरोना महामारीपछि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सवारी र व्यक्तिलाई समेत रोक लगाइएको छ ।

पीसीआर रिपोर्ट नचाहिने भए पनि उपत्यका प्रवेशमा यसअघि जारी भएका सबै नियमको पालना र आवश्यक कागजात भने साथमा हुनुपर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । उनले भने, “अत्यावश्यक सवारी एम्बुलेन्स, बिरामीलगायत सरकारले तोकेका सवारी आउन पाउनेछन् । यसबाहेक भने सम्बन्धित जिल्ला प्रशासनको सहजीकरणको पत्र आवश्यक पर्नेछ । यो काठमाडौंबाट बाहिरिन र भित्रिन दुवै हिसाबले लागु हुन्छ ।”

प्रहरीले काठमाडौंको नागढुङ्‍गा र भक्तपुरको साँगा नाकामा कडाइसमेत गरेको छ । एसएसपी ज्ञवालीले भने, “उच्च सतर्कता अपनाएका छौं । भित्रिनेहरुको विवरण राख्‍ने काम भएको छ । अत्यावश्यक कामबाहेक आउनेलाई बाटोबाटै फर्काइ पनि दिएका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समयमा उपत्यका भित्रिनेभन्दा बाहिरिनेको संख्या विस्तारै बढ्दै गएको पाइएको छ । चाडपर्वसमेत नजिकिँदै गएकाले छाड्ने क्रम बढेको हो ।

उपत्यकामा तीन साताको निषेधाज्ञा आजबाट खुकुलो भएको हो । उपत्यकाभित्र जोर-बिजोर प्रणालीमा सवारीसाधन र सार्वजनिक यातायात सञ्चालनमा आएपनि उपत्यका प्रवेशमा भने रोक यथावत् छ ।

Global Ime bank

प्रहरीका अनुसार कोरोना जोखिमको सुरुवाती चरणमा कतिपय व्यक्ति लुकीछिपी प्रवेश गरे पनि पछिल्लो समय भने त्यस्तो अवस्था छैन । यसबाहेक उपत्यका प्रवेशका साना नाकामा समेत प्रहरी सक्रियता बढाइएको छ ।

एक महिनायता उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

पत्रकारमाथि पनि कडाइ
एसएसपी ज्ञवालीका अनुसार परिचयपत्रको दुरुपयोग बढेपछि पत्रकारमाथि समेत कडाइ हुनेछ । उनले भने, “कतिपयले परिचयपत्रको दुरुपयोग गरेको पनि पाइयो । समाचार संकलनमा रोकतोक हुँदैन । तर यस्तो जोखिमको बेला बिनाप्रयोजन उपत्यकाबाहिर जाने आउने क्रममा कडाइ गर्छौं ।”

उनले शंका लागे सम्बन्धित संस्थाको कार्यालयमा समेत प्रहरीले जानकारी लिने बताए । तर रिपोर्टिङकै लागि बाहिर जानुपर्ने भए सम्बन्धित सञ्चार संस्थाको पत्र पनि साथमा हुनुपर्ने बताए । पछिल्लो समय नक्कली परिचयपत्र बनाएका केही व्यक्ति पक्राउ परेपछि प्रहरीले पत्रकारमाथि पनि निगरानी बढाएको हो । यस्तो कामबाट पत्रकार र गैरपत्रकार छुट्टिने प्रहरीको विश्वास छ ।

तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय