site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बँदेलको आक्रमणबाट तीनजना घाइते

चितवन । चितवनमा जंगली बँदेलको आक्रमणबाट तीनजना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका २८ का एकै परिवारका अमन कुमाल, धर्म कुमाल, अशोक कुमाल छन् । उनीहरुलाई मंगलबार बिहान बर्दाहा सामुदायिक वननजिकै रहेको घरमा बँदेलले आक्रमण गरेको थियो ।

बटुकदल गणका गणपति अरुण श्रेष्ठका अनुसार करिब ११ वर्षको भाले बँदेलले उनीहरुलाई आक्रमण गरेको हो ।  घाइते तीनैजनाको भरतपुरको नारायणी अस्पतालमा उपचार भएको छ । घाइते दुईजना भने उपचारपछि फर्किसकेका छन् । एकजनाको उपचार भइरहेको छ । 

श्रेष्ठका अनुसार आक्रमण गर्ने बँदेललाई स्थानीयले प्रतिकारका क्रममा मारेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro