site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालका पहिलो ओलम्पियन रेफ्री
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सन् १९८७ मा रमेश खनाल जर्मनी पुगेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा जागिरे हुँदाहुँदै उनी खेलकुद मनोविज्ञान पढ्न जर्मनीको ल्यापजिक पुगेका थिए । जर्मनी जानुपूर्व खनाल नेपाली खेलकुदमा खेल विज्ञका रुपमा परिचित थिए । त्यतिमात्र हैन उनी बडी बिल्डिङका च्याम्पियन र भारोत्तोलनका पहिला प्रशिक्षकसमेत हुन् । 

खनाल जर्मनी गएको एक वर्षपछि दक्षिण कोरियाको सिओलमा समर ओलम्पिक थियो । उनी जर्मनी भए पनि सन् १९८८ मा सिओलमा आयोजना भएको ओलम्पिकमा रेफ्री बन्‍नका लागि प्रस्ताव आयो । उनले स्वीकार्दै जर्मनीबाट दक्षिण कोरीमा पुगे । 

विश्व खेलकुदको महाकुम्भको रुपमा हेरिने ओलम्पिकमा नेपालबाट रेफ्रीको रुपमा जाने उनी पहिलो व्यक्ति थिए । “राखेपको जागिरे हुँदाहुँदै म थप अध्यनका लागि जर्मन पुगेँ । जर्मनमा खेलकुद मनोविज्ञान अध्ययन गर्दै थिए । १९८८ को ओलम्पिकमा रेफ्री बन्नका लागि मलाई प्रस्ताव आयो,” खनालले भने, “ओलम्पिकमा रेफ्रीका लागि प्रस्ताव आउनु मेरा लागि धेरै ठूलो उपलब्धि थियो । जहाँ नेपालका कुनै पनि रेफ्रीले आफ्नो भूमिका निभाउन पाएका थिएनन् । मैले अन्तर्राष्ट्रिय खेलाडीमाथि रेफ्री गर्ने अवसर पाएको थिए । जुन मेरा लागि मात्र नभई नेपाली खेलकुद कै ठूलो उपलब्धि पनि हो ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

भारोत्तोलनको अन्तर्राष्ट्रिय रेफ्रीको रुपमा दक्षिण कोरिया पुगेका उनले ओलम्पिकमा रेफ्री मात्र गरेनन् । उनले प्रतियोगिताका दुई खेलमा मुख्य रेफ्रीको भूमिका निभाएका थिए । खनालले भने, “भारोत्तोलनको रेफ्रीको रुपमा ओलम्पिकमा सहभागी भएपछि मैले प्रतियोगिताका दुई दिन, दुई खेलमा मुख्य प्रशिक्षकको रुपमा आफ्नो भूमिका निभाएको थिएँ । जहाँ प्रतियोगिताकै दाबेदार मानिले चीन र जापानका खेलाडीको रेफ्री बनेको थिएँ ।”

ओलम्पिकपछि उनी कोरियाबाट पुनः जर्मनी नै फर्किएका थिए । जर्मनीमा आफ्नो पढाइ सकेपछि उनी सन् १९९० मा नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि उनले नेपाली खेलकुद विज्ञको रुपमा काम गर्दै गरेका छन् । 

Royal Enfield Island Ad

भारोत्तोलनका पहिला प्रशिक्षक

धरानमा जन्मिएका खनाल युवा अवस्थामा 'बडी बिल्डिङ'का सौखिन थिए । उनले धरान, विराटनगर, काठमाडौंलगायतका थुप्रै स्थानमा 'बडी बिल्डिङ'को प्रतिस्पर्धा गरे र च्याम्पियन बने पनि । पढाइलाई समेत सँगसँगै अगाडि बढाइरहेका उनले थप उच्च शिक्षाका लागि २०३१ सालतिर काठमाडौं छिरे । यसै क्रममाः उनले अन्य 'बडी बिल्डिङ'का सहकर्मीहरुसँग मिल्दै 'बडी बिल्डिङ' संघ दर्ता गर्ने प्रयास गरे । तर, त्यो सहज थिए । 

राखेपमा तत्कालीन सदस्य सचिव खड्क विक्रम शाह थिए । खड्क विक्रम शाह पालादेखि संघ दर्ताको दौडमा रहेका उनीहरुले शरदचन्द्र शाह सदस्य सचिव हुँदासम्म सफल हुन सकेनन् । 'बडी बिल्डिङ' अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिमा दर्ता नभएको भन्दै सदस्य सचिव शाहले संघ दर्ता गर्न मानेनन् । त्यसपछि निरास बेनेका उनीहरुले भारोत्तोलनको सपना देख्‍न थाले । 

त्यतिबेला खनाल 'नेशनल ट्रेनिङ लिमिटेड'मा जागिरे थिए । उनी काम गरिरहेकै बेला एकदिन फुटबलका मुख्य प्रशिक्षक पदम कृष्ण श्रेष्ठ उनको अफिसमा पुगे । श्रेष्ठलाई तत्कालीन सदस्य सचिव शरद चन्द्र शाहले राखेपमा लिन पठाएका थिए । उनी श्रेष्ठसँगै राखेप सदस्य सचिव समक्ष पुगे । तर, उनलाई किन बोलाइएको भन्‍ने विषयमा भने थाहा थिएन । 

“एकदिन म अफिसमा काम गरिरहेको थिए । पदम कृष्ण श्रेष्ठ आउनुभयो र भन्‍नुभयो तपाईंलाई सदस्य सचिवज्यूले बोलाउनु भएको छ । किन बोलाउनु भयो भन्‍ने विषय त्यतिबेला थाहा थिएन । म उनीसँग सदस्य सचिव शाहसमक्ष पुगे,” खनालले भने, “म त्यो ठाउमा पुग्‍नेबित्तकै उहाँले भन्‍नुभयो ‘तपाईं पाकिस्तान जानुपर्ने भयो । त्यो ठाउँमा जानका लागि तपाईं बाहेक अन्य योग्य व्यक्ति कोही छैन । तपाईं तयारी हुनुस् चाँडै जानुपर्छ ।' त्यहाँ एक महिनाको भारोत्तोलन तालिम थियो । त्यसका लागि मलाई राखेपले सिफारिस गरेको रहेछ ।”

उनले थपे, “मेरो बारेमा सबै विषय सदस्य सचिवलाई थाहा थिएन । संघ दर्ताका लागि प्रस्ताव गर्ने दौरान भेट मात्र भएको थियो । तर, मेरो विषयमा सम्पूर्ण जानकारी चार-पाँच दिन अगाडि टेबलटेनिसका प्रशिक्षक प्रभु श्रेष्ठले भन्‍नुभएको रहेछ । प्रभुले सबै कुरा भनेपछि म एक महिनाको भारोत्तोलन प्रशिक्षणका लागि पाकिस्तानको लाहोर पुगे ।”

एक महिनाको प्रशिक्षणले जन्मिएका १३ प्रशिक्षक

पाकिस्तानमा भएको एक महिनाले अन्तर्राष्ट्रिय 'सोलिडारिटी' भारोत्तोलन प्रशिक्षणमा खनालले भारोत्तोलनका विषयमा थुप्रै कुरा सिक्ने अवसर पाए । उनले यसअघि 'बडी बिल्डिङ'का विषयमा जति सिकेका थिए उनीसँग भारको विषयमा त्यति मात्रै ज्ञान थियो । तर, आफ्नो शरीर बनाउनका लागि भार वहन गर्नु र भारोत्तोलन खेलका लागि भर वहन गर्नु दुबै विल्कुल फरक थियो । 

“एक महिनाको समयमा मैले पाकिस्तानमा भारोत्तोलनको विषयमा धेरै 'टेक्निक' र नियमहरु सिक्ने अवसर पाए । मलाई भारको ज्ञान भए पनि भारोत्तोलनको ज्ञान थिएन् । तर, 'बडी बिल्डिङ'ले मलाई सिक्न केही सहज भने भएको थियो,” उनले भने, “त्यसपछि म नेपाल फर्किए । नेपाल फर्किएपछि भारोत्तोलन प्रतियोगिता गर्नुपर्छ भनेर सदस्य सचिव शाहले भन्‍नुभयो । उनले भने, "यो नेपाललाई सुहाउने खेल । नेपालका हरेक व्यक्तिले भारी बोक्दै मेलापात गरेका हुन्छन् । डाँडा काँडा हिँडेका हुन्छन् । त्यसपछि हामीले नेपालमा एक महिने प्रशिक्षण सुरु गर्यौ ।”

पाकिस्तानमा सिकेका भारोत्तोलनको ज्ञान खनालले नेपालमा दिन थाले । उनले नेपालका १३ जनालाई एक महिने प्रशिक्षणपछि अञ्‍चलमा खेलाडी छनोटका लागि पठाइएको थियो । तर, राखेपको पहलमा प्रथम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भए पनि भारोत्तोलन संघ भने दर्ता भएको थिएन । नेपालका तत्कालीन १४ अञ्‍चलमध्ये कर्णालीबाहेक अन्य अञ्‍चलमा खेलाडीको छनोटका लागि प्रशिक्षक पठाएको थियो । उनीहरुले आफूले जानेका र सिकेका 'टेक्निक' र नियमका आधारमा खेलाडी छनोट गरे । कुनै ठाउँमा छनोट प्रतियोगिताका लागि खेल सामग्री नहुँदा ढुंगा उचालेर खेलाडी छनोट गरिएको थियो । 

“अञ्‍चलमा पठाएका प्रशिक्षकहरुले एक महिना अगाडि नै खेलाडी छनोट गरेर सके । खेलाडी अञ्‍चलबाट काठमाडौं पठाउने तयारी पनि भयो । तर, प्रतियोगितामा विजेताले पाउने प्रमाणपत्र कुन आधारमा दिने भन्‍ने विषयको टुंगो लाग्‍न सकेन्,” उनले भने, “प्रमाणपत्रको विषयमा छलफल हुँदा संघ दर्ता गर्नुपर्ने भयो । अनि तत्काल नेपाल भारोत्तोलन संघ दर्ता गर्यौं र प्रतिगोगिताको आयोजना गर्यौं ।”

१९८० को ओलम्पिकमा प्रशिक्षक

संघ दर्ता गरेपछि संघका अध्यक्ष कयुर शमशेर राणा थिए । उनी संघका महासविच र प्रशिक्षक थिए । नेपालबाट भारोत्तोलनले १९८० मा रुसको मस्कोकामा भएको ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएको थियो । नेपालबाट भारोत्तोलनका दुई खेलाडीले सहभागिता जनाएको थिए । 

राजेन्द्र प्रधान र अशोक कार्की ओलम्पिक खेल्ने पहिलो नेपाली भारोत्तोलन खेलाडी हुन् । सोही टोलीको प्रशिक्षक भने खनाल थिए । त्यसबेला भर्खर सुरु भएको भारोत्तोलनका खेलाडीले नेपालबाट सहभागिता मात्र गरेको उनी सुनाउन छन् ।  तर, त्यसपछिको चार वर्षमा नेपाली भारोत्तोलनका निकै परिवर्तन आएको उनले बताए । त्यसका लागि दैनिक प्रशिक्षक, रेफ्री कोचिङ र आवश्यक सामग्रीहरुकोसमेत व्यवस्था गरिएको उनले बताए । 

१९८४ मा लस एन्जलमा भएको ओलम्पिकमा नेपाली भारोत्तोलनले दोस्रो पटक सहभागिता जनाएको थियो । त्यसबेला अशोक कार्की र जगदिश प्रधान खेलाडी थिए भने रसियन ज्याकोर कोव प्रशिक्षक र खनाल व्यवस्थापक थिए । 

संघका अध्यक्ष र पहिलो अन्तर्राष्ट्रिय भारोत्तोलन रेफ्री

२०३८ सालमा पहिलो राष्ट्रिय प्रतियोगिता हुँदा भारोत्तोलन संघ परिवर्तन भइ नेपाल भारोत्तोलन तथा 'बडी बिल्डिङ' संघ भएको थियो । त्यतिबेला संघले तीन दिन भारोत्तोलन र दुई दिन 'बडी बिल्डिङ'को प्रशिक्षण दिने गरेको थियो । खनाल प्रशिक्षकसँगै रेफ्री थिए । उनले नेपालमा प्रशिक्षक मात्र जन्माएनन् । प्रतियोगितामा आवश्यक रेफ्री पनि जन्माए । 

“प्रतियोगिता गर्न खासै रेफ्री थिएनन् । अनि मैले खेल्न छोडेका खेलाडीलाई बोलाएर रेफ्रीको प्रशिक्षण दिए,” उनले भने, “राणापछि म संघको अध्यक्ष भए । मैले थुप्रै व्यक्तिलाई भारोत्तोलनको तालिमा पट्याला पठाए । त्यसमा पट्याला जाने पहिलो व्यक्ति पार्थ सारथी सेन गुप्ता हुन् ।” 

खनाल नेपालको अन्तर्राष्ट्रिय पहिलो भारोत्तोलन रेफ्री समेत हुन् । उनले २०३८ सालमा एसियन रेफ्रीको कोर्ष गरेका थिए । कोलोम्बियामा एसियान रेफ्रीको कोर्ष गरेको तीन वर्षपछि उनले अन्तर्राष्ट्रिय रेफ्रीको कोर्ष गरेका थिए ।  खनाल खेलकुदका मात्र विज्ञ होइनन् । उनी एक सफल 'आर्टिस्ट' समेत हुन् । उनले आफ्ना चित्रकलाहरु युरोप र अमेरिकामा समेत प्रदर्शनी गरेका थिए । उनले २०१८ मा मात्रै अमेरिकामा आफ्नो ३३ औं चित्रकता प्रदर्शनी सम्पन्‍न गरेका थिए । 

नेपालका विभिन्‍न ठाउँमा प्रदर्शनी गरिसकेका उनले युरोपको जर्मनीमा १९८७ मा अध्ययनमा क्रममा प्रदर्शनी गरेका थिए । त्यस्तै उनले १९८८ मा दक्षिण कोरियामा ओलम्पिकमा रेफ्रीको रुपमा सहभागिता हुँदा आफ्नो चित्रकला समते प्रदर्शनी गरेका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro