site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 उद्योगी व्यवसायीलाई ४ महिनाको लकडाउनभन्दा १४ दिनको निषेधाज्ञाको असर बढी  
Tiktok banner adTiktok banner ad

काठमाडौं । गत चैत ११ देखि करिब ४ महिनासम्म लगाइएको लकडाउनलेभन्दा बढी असर निशेधाज्ञाले गराएको उद्योगी व्यवसायीले बताएका छन् । लकडाउनको बेलामाभन्दा बढी कडाइ निशेधाज्ञामा गरिएकाले उद्योग व्यवसायमा निकै ठूलो असर पारेको र त्यसले निराश बनाएको उनीहरुले बताए । विशेषगरी साना उद्यमी व्यवसायीको मनाबेल निशेधाज्ञाले घटाएको छ ।

उद्योगी पवन गोल्यानले उद्योगी व्यवसायीको मनोबल घट्नु देशको अर्थतन्त्रका लागि डरलाग्दो अवस्था भएको बताए । “विशेषगरी साना उद्यमी व्यवसायीको मनोबल घटाएको छ । मनोबल घट्नु देश र अर्थतन्त्रका लाडि डरलाग्दो कुरा हो,” उनले भने ।

उनले अहिले पनि भारतबाट आउने वस्तुमा कुनै रोकतोक नभए पनि आन्तरिक उत्पादनका लागि भने काठमाडौंसम्म ल्याउन निकै कठिनाइ भइरहेको पनि बताए । भारतबाट आउने फलफूल, तरकारीसहित अन्य वस्तु काठमाडौंसम्म पुर्‍याउन कुनै समस्या नभएको तर आन्तरिक उत्पादनका लागि भने बाधा अहिलेसम्म पनि रहेको उनको गुनासो थियो । 

“भारतबाट काठमाडौंसम्म आउने सामानको लागि सबै व्यवस्था हुने, कहीँ नरोकिने । तर, विराटनगरबाट काठमाडौं ल्याउनुपर्‍यो भने धेरै गाह्रो छ । वीरगन्जबाट ल्याउनुपर्‍यो भने धेरै गाह्रो छ । भारतबाट ल्याउँदा सहजजस्तो संयन्त्र स्वदेशीका लागि भएन,” उनले भने । यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि निषेधाज्ञाले व्यवसायीलाई चिन्तित बनाएको र मनोबल गिराएको बताउँछन् । “चार महिना लकडाउन हुँदा व्यवसायी चिन्तित थिए । अहिले निषेधाज्ञा हुँदा त्योभन्दा बढी निराश र चिन्तित छन्,”उनले भने । 

यसले उद्योगी व्यवसायी मात्रै नभइ कर्मचारीहरुलाई पनि निकै असर पुर्‍याएको उनले बताए । त्यसैले निशेधाज्ञालाई अहिलेकै जस्तो अति कडाइ गर्न नहुने उनको भनाइ छ ।

उनले दैनिक अत्यावश्यक खाद्यान्‍न खरिद बिक्रीको समय बिहान ११ बजेसम्म बनाउनुपर्ने र त्यसपछि अन्य वस्तुहरुका लागि साँझ ५ बजेसम्म खुला गर्नुपर्ने बताए । “अहिले विहान ९ बजेसम्म खोल्न दिइएको व्यापार व्यवसायलाई ११ बजेसम्म बनाउनुपर्छ । त्यसपछि अन्य वस्तुहरुलाई पनि खुला गर्न दिनुपर्छ,” उनले भने । थप व्यवस्थित बनाउन विकल्पका आधारमा व्यवसाय खुला गरिए पनि हुने उनले बताए । “आज हार्डवेयरका पसल खोलिएका छन् भने भोलि त्यसलाई नदिने अन्य व्यवसायलाई दिने, ” उनले भने । 

उनले मालपोत कार्यालय, जोर-बिजोरका आधारमा सार्वजनिक गाडी पनि खुला गर्नुपर्ने बताए । “निषेधाज्ञा गराउँदा पनि संक्रमितको संख्या घटेको छैन, बढेको देखिन्छ । त्यसैले ट्रेसिङ बढाएर अर्थतन्त्रलाई पनि गतिशील बनाउनु अति आवश्यक छ,” उनले भने । मुलुकका सहरमाभन्दा नाकामा बढी कडाइ गर्नुपर्ने उनको भनाई छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro