site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना देखिएपछि दुर्व्यवहार, स्वास्थ्यकर्मीको गुनासो - यस्तो सहनुपर्छ भन्‍ने थाहा भए पीसीआर परीक्षण नै गराउँदिन थिए 
Sarbottam CementSarbottam Cement

दाङ । तुलसीपुरका पहिलो संक्रमित स्वास्थ्यकर्मी (अहेब) खड्गबहादुर बस्‍नेतले आफूमाथि विभेद भएको गुनासो गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका- ११ अन्तर्गत बेलटाकुरा स्वास्थ्य चौकीमा कार्यरत बस्नेतले आइतबार आफ्नो सामाजिक सञ्‍जालमा लामो स्टाटस लेख्दै आफूमाथि विभेद, अन्याय र तिरस्कार भएको गुनासो गरेका हुन् ।

"म नेपाल सरकार, स्वास्थ्य प्रबर्द्धन शाखा, तुलसीपुर उपमहानगरपालिका र समुदायबाट विभेद, अन्याय र तिरस्कारको 'अखडा' बन्छु होला भन्‍ने कल्पना समेत गरेको थिएन, " अहेब बस्‍नेतले लेखेका छन्, "सायद कल्पना गरेको भए पीसीआर टेष्ट नै गराउँदैन थिए, होला । चाहिँदासम्म भाँडो नचाहिँदा... भन्‍ने उखान आज चरितार्थ भएको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

उनले कोरोनाभाइरसलाई सामान्‍य रुघाखोकीको संज्ञा दिँदै संक्रमित भइसकेपछि घर परिवार, इष्ट मित्र तथा समाजबाट समेत तिरस्कार खेप्‍नुपरेको उल्लेख गरेका छन् । अहेब बस्‍नेतले शनिबार मात्रै पहिचान भएका राप्ती प्रादेशिक अस्पतालका दूई चिकित्सकसहित नौ जनालाई होम आइसोलेसनमा राखेकोप्रति पनि चित्त दुखाएका छन् ।

७० लाख खर्च गरेर डाक्टरी पढेको हुँदा चिकित्सकलाई होम आइसोलेसनमा राखेको हुनसक्छ भनेर आफूले चित्त बुझाउन ठाउँ हुनसक्ने उल्लेख गर्दै उनले आफू जस्तै अन्य स्वास्थ्यकर्मीलाई किन होम आइसोलेसनमा राखिएको हो ? भन्ने प्रश्न गरेका छन् । त्यसरी होम आइसोलेसनमा बस्दा समुदायमा नकारात्मक प्रभाव पर्न सक्नेतर्फ उनले सचेत तुल्याएका छन् ।

Global Ime bank

उनले आफूले पनि होम आइसोलेसनमा बस्‍न चाहना व्यक्त गर्दा जबरजस्ती बेलझुण्डी अस्पताल ल्याएर हुलिएको भन्दै असन्तुष्टि पोखेका छन् । अहेब बस्नेतले बेलझुण्डी कोरोना विशेष आइसोलेसन अस्पतालको व्यवस्थापनको पक्षमा पनि प्रश्‍न उठाएका छन् ।

"को पहिला आयो, कोपछि आयो त्यसको कुनै लेखाजोखा छैन । ट्‍वाइलेट एउटै बाथरुम एउटै ७-८ जना एउटै रुममा सबै पोजेटिभ भनेर एउटैमा हुलिएको हो ?," बस्नेतले लेखेका छन्, "अब भन्‍नुहोस, हामी त कोभिड-१९ जितेर घर फर्किउला, तर दीर्घरोगी, वृद्ध र बुढापाका कसरी कोभिड-१९ जितेर फर्किन्छन होला भन्‍ने गम्भीर प्रश्न छ ।"

त्यस्तै अहेबजस्तै जिम्मेवार व्यक्तिले नै आफूलाई  तेरो कारण २९ जनाको 'कन्ट्याक्ट ट्रेसिङ' गर्नु परेको भन्दै गाली गलौज गर्दै हिँड्ने गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।

"मैले गर्दा २९ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्‍यो भनेर जिम्मेवार ब्यक्तिले गाली गर्दै हिँड्ने ?," उनले प्रश्न गरेका छन्, "के उसको घरको सम्पत्ति सक्नु परेको छ ? के उसको पकेट्को पैसा सकिएको हो ? के म नेपाल सरकारको स्वास्थ्यकर्मी होइन ? कोभिड-१९ को विरुद्धमा लडेको व्यक्ति थिएन ?  के स्वास्थ्यकर्मीमाथि राज्यले गर्ने व्यबहार यहि हो ? "

उनले आफूमाथि विभेद भएको भन्दै राजनीतिक दल, जनप्रतिनिधि, सरोकारवाला, स्वास्थ्य महाशाखा, तुलसीपुर उपमहानगरपालिका र पत्रकारलाई सहयोगको लागि अपिल गरेका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय