site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा मास्क नलगाउनेलाई कारबाही, ८ हजार राजश्‍व संकलन
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा मास्क नलगाउनेलाई कारवाही गर्दा एकै दिन ८ हजार राजश्व संकलन भएको छ । 

जिल्लाका प्रमुख बजारहरु तुलसीपुर र घोराहीमा मास्क नलगाई हिँडडुल गर्नेमध्ये शुक्रबार ८० जना कारबाहीमा परेका थिए । कारबाहीमा पर्नेमध्ये १३ महिला र ६७ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार ५२ जना कारबाहीमा परेका थिए । त्यसबाट ५ हजार २ सय राजश्‍व संकलन भएको थियो । मास्क नलगाइ हिँडडुल गर्नेलाई प्रहरीले प्रतिव्यक्ति एक सय रुपैंया जरिवा
ना तिराउन थालेको छ । 

दुई दिनको अवधिमा दाङमा १३ हजार २ सय राजश्व मास्क कारवाहीवाट संकलन भएको प्रहरीले बताएको छ । त्यस्तै शुक्रवार १ सय ६४ वटा सवारी साधनलाई होल्डमा राखेर सम्झाइ-बुझाइ छाडिएको डीएसपी खड्काले बताएका छन् ।

Global Ime bank

जसमा १ सय १७ मोटरसाईकल, अटो रिक्सा ३६, स्कूटर ७ र बस ४ वटा परेका थिए । त्यस्तै विहीवार २ सय ४४ सवारी साधनलाई होल्डमा राखेर छोडिएको प्रहरीले बताएको छ । त्यसरी होल्डमा राखिएकामध्ये १६५ मोटरसाइकल, अटो रिक्सा ४० वटा, स्कुटर ८ वटा र बस ३ वटा रहेको प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय