site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 दाङमा समुदायस्तरमा फैलियो कोरोना, निषेधाज्ञाको तयारी 
Sarbottam CementSarbottam Cement

दाङ । देशका विभिन्‍न जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमा पुगेको अवस्थामा दाङमा पनि कोरोना भाइरसको संक्रमण समुदायस्तरमा पुगेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले यसअघि कोरोनाको जोखिम न्युनिकरणका लागि भदौ १ गतेबाट रात्रिकालीन निषेधाज्ञा जारी गरेको छ ।

यद्यपि, रातको समयमा गरिएको निषेधाज्ञा प्रभावकारी नभएको जनगुनासो बढेको, समुदायस्तरमा कोरोनाको जोखिम थप बढ्दै गएको हुँदा अब दिउँसोको समयमा पनि निषेधाज्ञा वा लकडाउन गर्ने सम्भावना बढेर गएको सरोकारवाला निकायले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दाङमा अहिले पनि उच्च सतर्कता अपनाइने बताइएको छ । तर, केही दिन यता कोरोना भाइरस संक्रमित फेला पर्न थालेपछि यसको रोकथामका लागि अब भोलि शुक्रबार लागु हुने गरी जिल्लाभर नै लकडाउनको सम्भावना बढेर गएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जिल्लामा शुक्रबार साँझदेखि लकडाउन गर्ने तयारी गरिएको हुँदा भोलि बिहान ११ बजे बस्‍ने बैठकले टुंगो लगाउने जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

हालको अवस्थालाई मध्यनजर गर्दै कम्तिमा एक सातासम्म जिल्लाभर थप कडाइ गर्ने गरी लकडाउन हुनसक्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । स्थानीय प्रशासनले सुरक्षा सावधानी अपनाउन, अत्यावश्यक काम बाहेक भीडभाड हुने स्थानमा नजान, मास्कको उचित प्रयोग गर्न, सरसफाइमा ध्यान दिन अनुरोध गरेपनि नागरिक स्तरबाट लापरवाही बढेको छ । पटक पटकको अनुरोधका बीच पनि सार्वजनिक स्थानमा नागरिकको भिडभाड बढ्दै गएको हुँदा संक्रमण रोकथामका लागि लकडाउन गर्नु पर्ने अवस्था रहेको उनले बताए ।

Global Ime bank

जिल्लामा अहिलेसम्म ७ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ६ सय ८१ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् भने बाँकीको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्ला केही दिनयता संक्रमित भएकाहरू समुदायस्तरका नागरिक हुन् ।

उता, कोभिड १९ रोकथाम र नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिका निरन्तर जुटेको छ । समुदायमा कोरोना छिरी सकेको अवस्था भएकाले तत्काल यसलाई नियन्त्रण नगरे भयावह अवस्था हुने स्वास्थकर्मीहरुको सुझाव आएपछि बुधबारदेखि छलफलमा जुटेको हो । बिहीबार नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको सर्वदलीय एव सर्वपक्षीय बैठकमा सहभागीले लकडाउनको विकल्प नभएको बताएका छ्न् । बैठकमा सहभागी स्वास्थ्कर्मीहरुले अवस्था भयावह हुन लागेको बताएका थिए । बैठकले कम्तिमा एक साता लकडाउन गर्नु पर्नेमा जोड दिएको छ ।

यस्तै, राप्ती गाउँपालिकामा बिहीबार समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै भोलि मध्यरातबाट लागू हुने गरी केही वडा सिल गरेको छ । गाउँपालिकाको बैठकले वडा नम्बर १ को भालुवाङ, पुल्चोक, पुरानो बजार, पाखापानी क्षेत्र, वडा नम्बर ४ को बुडीचौर, मौरीघाट क्षेत्र, वडा नम्बर ८ को कोहल्वा क्षेत्र भोलि राति १२ बजेदेखि १९ गते राति १२ बजेसम्म एक साता सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

सो समयमा गाउँपालिका क्षेत्रभित्र अर्को सूचना नभएसम्मका लागि सबै किसिमका सवारीमा रोक लगाइएको छ । यस्तै, पालिकाभर शैक्षिक गतिविधिमा पनि रोक लगाइएको छ भने पालिकाले प्रदान गर्ने अत्यावश्यक  सेवाबाहेक सबै सेवा हालको अवस्थामा बन्द गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  २१:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय