site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा समुदायस्तरमा कोरोना, परीक्षणको दायरा बढाउने निर्णय
Sarbottam CementSarbottam Cement

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाले तत्काल कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

बुधबार बेलुकी बसेको आपतकालीन बैठकले कोरोना परीक्षणको दायरा बढाउने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको बसेको बैठकले संक्रमण देखिएका कार्यालयहरु पूर्ण रुपमा सिल गर्न सम्बन्धित निकायसँग पहल गर्ने निर्णय समेत गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तुल्सीपुर इलाका प्रशासन कार्यालयका चालकमा कोरोना संक्रमण पोजेटिभ देखिएकाले कम्तीमा पनि ७ दिनसम्म कार्यालय सिल गर्ने भन्‍ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग कुरा भएको नगरप्रमुख पाण्डेले बताए । 

उनले वडा नम्वर ११ को बेलटाकुरामा रहेको स्वास्थ्य चौकीका कर्मचारीमा पनि कोरोना देखिएपछि उक्त कार्यालय पनि सिल गरिने जानकारी गराए ।

Global Ime bank

उनले समुदायमा कोरोना परिक्षणको तत्काल प्रक्रिया अगाडि वढाइएको उल्लेख गर्दै संक्रमणको अवस्था हेरेर लकडाउनको अवस्थामा हेरेफेर गरिने बताए । कोरोनाको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहेक घरमै बसि दिनसमेत नगरबासीलाई अनुरोध गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय