site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रोभिजनले घटायो बैंकहरुको लगानीको प्रतिफल, अझै घट्न सक्ने

काठमाडौं । गत आर्थिक वर्षमा सबैजसो बैंकहरुको लगानीको प्रतिफल (आरओई) घटेको छ । सञ्‍चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २६ वटा बैंकको आरओई घटेको छ भने सेञ्चुरी कमर्सियल बैंकको भने बढेको छ । 

अघिल्लो आर्थिक वर्ष ०७५/७६ को तुलनमा गत आर्थिक वर्ष ०७६/७७ मा वाणिज्य बैंकको कुल लगानीको प्रतिफल ४.१८ प्रतिशत विन्दुले घटेको छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा वाणिज्य बैंकहरुले कुल लगानीका आधारमा औसतमा १६.८९ प्रतिशत प्रतिफल गरेका थिए । तर गत आर्थिक वर्षको चौथौ त्रैमासको अपरिस्कृत वित्तीय विवरणलाई हेर्ने हो भने वाणिज्य बैंकहरुको कुल लगानीको औसत प्रतिफल १२.७१ प्रतिशतमा झरेको छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले वित्तीय मध्यस्थता बापत लिने निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) मा कडाइ गर्नुका साथै सेवा शुल्कलगायत अन्य आम्दानीमा समेत कडाइ गरेको छ । जसले गर्दा बैंकहरुको लगानीको प्रतिफल निरन्तर घट्दै गएको छ । बैंकहरुले अघिल्लो आर्थिक वर्षको पुँजीसँगै जगेडा कोष वृद्धि गर्दा कुल लगानी भएको सम्पत्तिमा वृद्धि भएको तर कोभिड १९ को प्रभावले मुनाफामा संकुचन आउँदा बैंकहरुको लगानीको प्रतिफलमा पनि संकुचन आएको हो । 

गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले बैंकहरुले तेस्रो त्रैमासको आवाधिक कर्जाको ब्याजमा १० प्रतिशतले छुट दिन तथा चौथौ त्रैमासमा चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले घटाएर मात्रै ब्याजदर गणना गर्न निर्देशन दिएको थियो । यस्तै केन्द्रीय बैंकले २०७६ पुस मसान्तमा असल वर्गमा वर्गीकरण गरिएको कर्जालाई २०७७ असार मसान्तमा असुल हुन नसके पनि असल वर्गमा वर्गीकरण गर्दै ५ प्रतिशत मात्रै प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकको उक्त निर्देशनले गत आर्थिक वर्षमा बैंककहरुको आम्दानीमा केही प्रभाव पर्यो भने असार मसान्तमा कर्जा असुल हुन नसक्दा बैंकहरुले ठूलो मात्रमा कर्जा प्रोभिजन गर्नुपर्ने अवस्था आएकाले गत आर्थिक वर्षमा बैंकको मुनाफासँगै लगानीको प्रतिफलसमेत घटेको देखिन्छ ।

आर्थिक वर्ष ०६९/७० मा २४.२४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत लगानीको प्रतिफल गत आर्थिक वर्षमा झरेर १२.७१ प्रतिशतमा आएको र चालु आर्थिक वर्षमा अझै घट्ने बैंकर बताउँछन् । २०७६ पुस मसान्तमा असल वर्गमा रहेको कर्जा २०७७ असार मसान्तमा असुल हुन नसके पनि ५ प्रतिशत मात्रै प्रोभिजन गर्दा पुग्‍ने व्यवस्था केन्द्रीय बैंकले गरेकामा चालु आर्थिक वर्षको प्रथम त्रैमासबाट अब त्यसको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् । 

“राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब बनाउँदा बैंकहरुमा कुल लगानी बढ्यो तर त्यसको अनुपातमा नाफा बढ्न नसक्दा लगानीको प्रतिफल घट्दै गएको थियो,” उनले भने, “पुँजी वृद्धि पछि पनि बैंककहरुको लगानीको प्रतिफल १५ प्रतिशत माथि नै थियो जुन अन्य देशको तुलनमा केही माथि रहेकोले राष्ट्र बैंकले स्प्रेड रेटमा कडाइ गरेर त्यसलाई केही तल झारेको छ ।” बैंकहरुमा १२-१४ प्रतिशतको प्रतिफललाई राम्रै मान्नुपर्ने उनी बताउँछन् । 

तर आगामी दिनमा गत आर्थिक वर्षको भन्दा ठूलो चुनौती रहेको उनको भनाइ छ । “कोभिडको प्रभाव नियन्त्रण हुने हो भने व्यवसाय विस्तार गर्दै जाँदा लगानीको प्रतिफल पनि बढ्दै जाला तर चालु आर्थिक वर्षमा भने बैंकहरुलाई झनै भयावह अवस्था आउन सक्छ,” उनले भने, “पुस मसान्तमा असल वर्गमा रहेर असार मसान्तमा असुल नभएको कर्जालाई गत वर्ष ५ प्रतिशत प्रोभिजन गरेकामा अब २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने अवस्था छ भने कोभिडको प्रभाव अब कति जाने हो र कहिले कर्जा उठ्छ भन्‍ने एकिन छैन ।” गत आर्थिक वर्षमा फागुनसम्म राम्रो व्यवसाय गरेका बैंकहरुले चालु आर्थिक वर्षमा भने पहिलो त्रैमासबाट नै व्यवसाय प्रभावित बनेको भन्दै चालु आर्थिक वर्षमा बैंकहरुको अवस्था झनै खराब हुने उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro