site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 दाङमा रातिको समयमा निषेधाज्ञा, ११ गतेदेखि सवारीसाधनमा जोर-बिजोर लागु हुने
Sarbottam CementSarbottam Cement

दाङ । कोभिड-१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातिमा जारी निषेधाज्ञा कायमै हुने भएको छ ।  

जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान-५ बजे सम्मका लागि निशेधाज्ञालाई कायमै राख्‍ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालनगर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विषयगत कार्यालयलगायतको उपस्थितिमा बसेको बैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागु हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर-बिजोर प्रणाली लागु गर्ने, बजारलगायतका स्थानमा स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई जरीवाना तथा अन्य कारबाही गर्ने निर्णय भएको छ । 

Global Ime bank

बैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकले सबै गाउँपालिकामा क्वारेन्टिनन, आइसोलेसनको व्यवस्थागर्ने, कन्ट्याक्ट ट्रेसिङ, परीक्षण बढाउने निर्णय गरेको छ । 

बैठकले बढी भिडभाड हुने बैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य मास्क प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले  दाङलाई कोभिड-१९ बाट मुक्त राख्‍न राति पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजी गरिएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय