site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अर्थतन्त्र विस्तार गर्ने पर्याप्त स्पेश देखियो’

काठमाडौं । कोभिड-१९ ले नेपालको अर्थतन्त्र ठप्प हुँदा बाह्य क्षेत्र भने बलियो बनेको छ । आयातमा आएको संकुचन, २० प्रतिशतले घट्ने पूर्वानुमानबीच रेमिट्यान्स गत वर्षकै हाराहारीमा भित्रिनुका साथै सरकारको वैदेशिक ऋण उल्लेख्य बढ्दा नेपालको बाह्य अवस्था बलियो देखिएको छ ।

नेपालसँग रहेको विदेशी विनिमय सञ्चिति ऐतिहासिक धेरै पुगेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको देशको आर्थिक तथ वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कुल विदेशी विनिमय सञ्चिति १४ अर्ब १ अर्ब ८४ करोड पुगेको जनाएको छ ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भएको हो ।

विदेशी मुद्राको तुलनामा नेपाल मुद्रा कमजोर बन्दै जाँदा पनि नेपाली मुद्रामा विनिमय सञ्चिति अमेरिकी डलरको तुलनामा बढीले वृद्धि भएको देखिन्छ । अमेरिकी डलरमा नेपालको विदेशी विनिमय सञ्चिति जम्मा २२.६३ प्रतिशतले मात्रै बढेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको केनिद्रय बैंकले जनाएको छ ।

२०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ । आयातमा भएको कमी तथा कोभिडको बाबजुद पनि रेमिट्यान्समा खासै प्रभाव नदेखिएको र आर्थिक वर्षको अन्त्यतिर सरकारले ठुलो मात्रामा वैदेशीक ऋण तथा सहायता प्राप्त गर्दा अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा ६७ करोडले घाटामा रहेको सोधनान्तर गत आर्थिक वर्षमा करिब ३ खर्बले बचतमा छ । यस्तै चालु खाता घाटामा समेत उल्लेख्य सुधार भएको छ ।

आर्थिक वर्ष २०७५-०७६ को तुलनामा आर्थिक वर्ष २०७६-७७ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ०.५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब ३ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ ।

कोभिड १९ को कारण चैतपछि वैदेशिक रोजगारी ठप्प हुँदा गत आर्थिक वर्षमा  वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ । गत वर्ष अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।  पुनः श्रम स्वीकृति लिएर वैदेशीक रोजगारीमा जाने नेपाली भने ३४.७ प्रतिशतले घटेको केन्द्रिय बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा खुद ट्रान्सफर आय १.३ प्रतिशतले कमी घटेर ९ खर्ब ८२ अर्ब २२ करोड कायम भएको छ ।

 रेमिट्यान्समा अनपेक्षित उपलब्धि, विदेशी विनिमय सञ्‍चिति एक वर्षमै ४ खर्बले कसरी बढ्यो ?

यता, शोधनान्तर (भुक्तानी सन्तुलन) बचत रकमका आधारमा अहिलसम्मकै सबैभन्दा धेरै बचतमा रहेको छ । गत आर्थिक वर्षमा भुक्तानी सन्तुलन २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । गत आर्थिक वर्षमा चालु खाता घाटामा समेत उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ६५ अर्ब ६६ करेडले घाटामा रहेको चालु खाता गत वर्ष ८७.९ प्रतिशतले घटेर ३२ अर्ब ६ करोडले मात्रै घाटामा रहेको छ ।

किन घटेन रेमिट्यान्स ?

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनमा गत वर्ष २० प्रतिशतले रेमिट्यान्समा संकुचन आउने अनुमान गरेको थियो  । तर राष्ट्र बैंकको पुर्वानुमान विपरित अघिल्लो वर्षको तुलनमा गत वर्ष रेमिट्न्स ०.५ प्रतिशतले मात्रै घट्यो । वैदेशीक रोजगारीमा जाने युवाले अनुमानभन्दा कम रोजगारी गुमाएको, आयातमा संकुचन आउँदा वैधानिक माध्यमबाट आउने रेमिट्यान्समा वृद्धि लगायतका कारणले गत वर्ष रेमिट्न्समा खासै संकुचन नदेखिएको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् ।

“गल्फ मुलुकमा उत्पादनमा संलग्न नेपालीहरु बेरोजगार हुनपर्ने अवस्था आएन, जुन हिसाबमा रोजगारीमा कटौति हुने अनुमान थियो त्यसको विपरित रोजगारीबाट फर्किनेको संख्या न्युन भयो,” बाह्रखरीसँग उनले भने, “चीनको अर्थतन्त्रमा कोभिडको प्रभाव नहुँदा सुचारु भयो जसले तेलको माग बढ्यो र पेट्रोलियम पदार्थमा आधारित अर्थतन्त्र भएका मुलुकको अर्थ व्यवस्थामा ठुलो धक्का लागेन भने नेपालीको रोजगारी पनि गुमेन यसले रेमिट्यान्समा टेवा पुग्यो ।”

वैदेशीक रोजगारीबाट फर्कने तथा नेपालमा लकडाउन हुँदा वैदेशीक रोजगारीमा रहेकाले बचत रहेको रकम पनि नेपाल पठाउँदा नेपालमा रेमिट्यान्समा कोभिडको असर नदेखिएको उनको भनाई छ । उनले भने, “चैत वैशाखमा कम भएको रेमिट्यान्स जेठ र असारमा बढेर आयो, आयातमा संकुचन हुँदा वैधानिक च्यानलबाट आउने रेमिट्यान्समा वृद्धि, स्वदेश फर्कनेले आफूसँग बचत भएको रकम पनि रेमिट्यान्सको रुपमा मुलुकमा भित्र्याए जसले गर्दा पनि रेमिट्यान्समा कोभिडको प्रभाव देखिएन ।”

कसरी बढ्यो विनिमय सञ्चिति र भुक्तानी सन्तुलन बचत ?

गत आर्थिक वर्षमा आयातमा भएको संकुचन नै भुक्तानी सन्तुलन बचत उल्लेख्य हुनु र विनिमय सञ्चिति उल्लेख्य बढ्नुको मुल्य कारण रहेको डा. भट्टको दाबी छ ।  “गत आर्थिक वर्षमा आयात २ खर्ब भन्दा बढीले घटेको छ भने रेमिट्यान्स अघिल्लो आर्थिक वर्षकै हाराहारीमा आएको छ,” उनले भने, “ अघिल्लो वर्ष ८१ अर्ब मात्रै रेहेको वैदेशीक ऋण गत वर्ष १६२ अर्ब रहेको छ, जसले गर्दा विनिमय सञ्चिति बढाउन र भुक्तानी सन्तुलनको बचत बढाउन समेत टेवा पुगेको छ ।”

यसका साथै गत आर्थिक वर्षमा चालु अनुदान ५२ अर्ब प्राइभेट ग्रान्ड, सरकारी र निजीसहित पुँजीगत अनदान १४ अर्ब  ६६ अर्ब अनुदान समेत आएको उनले बताए । यस्तै प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड आएको उनले भने । 

विदेशी मुद्रा (अमेरिकी डलर) सँग नेपाल मुद्रा कमजोर हुनु पनि विनिमय सञ्चिति बढ्नुको अर्को कारण रहेको उनले बताए ।

विनिमय सञ्चिति बढ्दा के हुन्छ ?

विदेशी मुद्राको सञ्चिति बढ्दा मुलुकलाई आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहज हुने उनको भनाई छ । “गत वर्ष कोभिडका कारण हाम्रो अर्थतन्त्र विस्तार हुन सकेन जसले गर्दा सञ्चिति पनि पर्याप्त बढ्यो,” उनले भने, “आगामी दिनमा कोभिडको प्रभाव कम भएमा हामीसँग अर्थतन्त्र विस्तार गर्ने पर्याप्त स्पेश छ, जुन अर्थतन्त्रको लागि सकारात्मक पाटो पनि हो ।”  

नेपालको अर्थतन्त्र सामान्य वृद्धि भएको अवस्थामा पनि विनिमय सञ्चिति उल्लेख्य बढेको तर दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, श्रीलंका, माल्दिभ्सको अर्थतन्त्र ऋणात्मक हुँदा समेत विनिमय सञ्चिति घटेको अवस्था रहेको उनले बताए । उनले भने, “विनिमय सञ्चिति पर्यात भएमा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न आर्कर्षित हुनुको साथै पुर्वाधार निमार्णको लागि आयात बढाउनुपर्ने भएमा पनि समस्या हुँदैन ।”

अर्थतन्त्रमा सूस्तता देखिदा विगतमा पनि विनिमय सञ्चिति र सोधनान्तर बचत उल्लेख्य हुने गरेको उनको भनाई छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro