site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 दाङमा एक बैंकका तीन कर्मचारीमा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

दाङ  । दाङमा सोमबार लक्ष्मी बैंकका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । 

घोराही उपमहानगरपालिका–१५ को हस्पिटल रोडमा रहेको लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टरमा कार्यरत तीन जना कर्मचारीमा संक्रमण देखिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बैंकको स्थापना गरेको काउन्टरमा कार्यरत दुई जना पुरुष र एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् । 

"प्रतिष्ठानको गेटभित्रै स्थापना गरिएको काउन्टरमा काम गर्ने कर्मचारीहरु जोखिममा रहेकाले उहाँसहित अन्य ८ जनाको स्वाव संकलन गरिएको थियो," प्रमुख घर्तिले भने, "परीक्षणका क्रममा तीन जनामा संक्रमण देखिएको हो ।"

Global Ime bank

संक्रमितहरुलाई आइसोलेसनमा राख्‍ने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् । उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बैकका घोराही शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिएका छन् । 

कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखिएपछि आशंकामा स्वाब परीक्षण गरिएको उनले बताए । यसअघि घोराही उपमहानगरपालिका–१५ सहिदगेटमा रहेको कर्णाली विकास बैंकमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय