site stats
बाह्रखरी :: Baahrakhari
देश
क्‍वारेन्टिनबाट घर पठाइएका प्युठानका एकजनाको मृत्यु

दाङ  । दाङमा रहेको क्वारेन्टिनबाट घर पठाइएका एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्यूठान ऐरावती गाउँपालिका वडा नं. ५ गोठीवाङ निवासी ४५ बर्षीय विनोद भण्डारीको मृत्यु भएको हो । 

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार साउन २९ गते घोराही क्वारेन्टिनबाट घर पठाइएका उनको शनिबार अपरान्ह ४ बजेतिर एक्कासी श्वासन फेर्न गाह्रो भएको थियो । 

Argakhachi Cement Island Ad

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागी भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारका अनुसार साउन ३ गते भारतबाट आएका उनी घोराही उपमहानगरपालिका वडा नं. १४ मा एक रेष्टुरेण्टमा काम गर्दै आएका थिए । 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १५:५६
प्रतिक्रिया दिनुहोस्