site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिलाको सम्मानमा अट्‍वारी
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा थारु समुदायले धुमधामका साथ आज अट्‍वारी पर्व मनाइरहेका छन् । हरेक वर्षको अष्टमीपछि चन्द्रमा देखिनेबित्तिकै मनाउने परम्पराअनुसार उपयुक्त ठानी अट्‍वारी मनाउन लागिएको हो । अट्‍वारी पर्व दाङसहित थारु समुदायको बसोबास रहेका बाँके, बर्दिया, कैलाली, कञ्चनपरमा मनाइन्छ ।

थारु समुदायका पुरुषहरूले महिलाको सम्मानका लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरिन्छ । आजको दिन पानीसमेत नखाएर व्रत (उपबास) बस्‍ने गरिन्छ । अट्‍वारी पर्व कृष्ण जन्माअष्टमीको आठ दिनपछि आउने दिनलाई मनाउने चलन थारु समुदायमा छ । यो पर्व सूर्य अर्थात शक्तिको उपसनाका लागि गर्ने गरिएको थारु अगुवा लक्ष्मीमान चौधरीले बताए । किम्वदन्तीअनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवबीचको युद्धका नायक भीमसँग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको चौधरी बताउँछन् । थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उनको तर्क छ ।

Prabhu Bank
Agni Group
NIC Asia

थारु अगुवा लक्ष्मीमानका अनुसार अट्‍वारी पर्वको पहिलो रात दर खाने नाममा भात, माछा, चोखो तरिकाले पकाइन्छ र भाले नबास्दै उठेर दर खाने चलन छ । त्यसपछि दोस्रो दिन पुरुषहरू व्रत बस्छन् । दिउँसो पुरुष व्रतालुहरू नुहाएर चामलको पीठोको ठोप्वा गोलो आकारमा रोटी पकाउँछन् । साँझ सबै व्रतालुहरू गोबरले लिपेको ठाउँमा बस्छन् । टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घिउ राखिन्छ । व्रतालुहरूले आ-आफ्नो टपरीबाट अर्को दुना-टपरीमा खानेकुरा अलिअलि निकाल्छन् । यसरी खानुभन्दा पहिला निकालेको खाने कुमारलाई अग्रासन भन्‍ने गरिन्छ ।

अट्‍वारीको दोस्रो दिन बिहानै नुहाएर व्रतालुहरू खाना पाउँछन् । खानाका लागि तीन-पाँच वा सात प्रकारका तरकारी पकाइन्छ । खाना पाइसकेपछि सबै व्रतालुहरू लिपेको चोखो ठाउँमा बस्छन् । आ आफ्नो टपरीबाट अलिअलि खाना झिकेर अग्‍निलाई चढाउँछन् । जल आनमन गर्छन् र छुट्टै दुनाटपरीमा केही अंश छुट्याएर राख्छन् । त्यसपछि आफू खान्छन् । आफूले खाने खाना शाकाहारी भए पनि दिदी-बहिनीलाई भने माछा-मासु पकाएर दिने चलन यो समुदायमा छ । 

Global Ime bank

आधुनिकीरणमा थारु संस्कृति 
थारुहरूको चाड पर्व आधुनिकीकरणसँगै विस्तारै हराउँदै गएको अगुवाहरू बताउँछन् । अट्‍वारी केही थारु तिजअगावै मनाउँछन् भने केहीले तिजपछि मनाउँदै आएका छन् । थारु अगुवा लक्ष्मीमान चौधरीका अनुसार कुनै ठाउँमा भने यी पर्व मनाउनै छाडेको पाइन्छ । परापूर्वकालदेखि नै अट्‍वारी कहिले मनाएका हुन् भन्‍ने यकिन नभएकाले अब कतिपय थारुहरूले भाद्र महिनाको शुक्ल पक्षअगावै मनाउँदै आएको पाइन्छ । केही थारुहरूले जहिले मनाए पनि हुन्छ भन्‍ने धारणा राख्‍नाले अघि-पछि पर्न गएको हो । तर, थारु संस्कृतिलाई जर्गेना गर्नुपर्ने मत पछिल्लो पुस्तामा भने बढ्दै गएको पाइन्छ । 

थारु समुदायलाई सार्वजनिक बिदा
नेपाल सरकारले थारुहरूको पर्व अट्‍वारीका अवसरमा दाङसहित जिल्लाहरूमा सम्बन्धितहरूलाई सार्वजनिक बिदा दिएको छ । थारु बहुल्यता रहेका क्षेत्रहरू दाङ, बाँके, बर्दिया, कैलाली र कञ्‍चनपुरमा थारु समुदायलाई सार्वजनिक बिदा दिइएको हो । अन्य समुदायको हकमा भने बिदा दिइएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय