दाङ । प्युठानमा जंगली विषालु च्याउको तरकारी खाएर २ जनाको मृत्यु भएको छ ।
प्युठानको नौबहिनी गाँउपालिका९६ ढाखोलाकी बिष्णु घर्तीको परिवारले गत ३१ गते बेलुका जंगली विषालु च्याउको तरकारी पकाई खाएकोमा झाडापखाला लागी अस्पताल लैजाँदालैजाँदै २ जनाको बाटोमै मृत्यु भएको र ३ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एकाघरका ५ जनाको परिवार झडापखाला लागेर उपचारको लागी जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा २ जनाको बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेमा बिष्णु घर्तीका १५ र १३ वर्षीय छोरा सुरेश घर्ती र सुगम घर्ती रहेका छन् ।
अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचार भईरहेको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ । अस्पतालमा उपचार जारी रहेका बिष्णु घर्ती सहित उनकी श्रीमती लिला घर्ती र छोरा शशि घर्तीको अवस्था पनि गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।