site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बुधबारदेखि रुकुम पश्‍चिमको सदरमुकाम भदौ २ सम्म सिल
Sarbottam CementSarbottam Cement

दाङ । रुकुम पश्चिममा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मंगलबार मुसिकोट नगरपालिका ६ का ३४ वर्षीय पुरुषमा संक्रमण देखिएपछि संक्रमितको सङ्ख्या ३ पुगेको हो । 

उनी मुसिकोटमा कपाल काटदै आएका थिए । उनले अन्य व्यक्तिलाई पनि सारेको हुनसक्ने भन्दै  कन्ट्याक्ट ट्रेसिङ थालिएको छ । उनलाई पनि कसैले सारेको हुनसक्ने अनुमान गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संक्रमित संख्या थपिँदै गएपछि सदरमुकाम खलंगा बजार सिल गरिएको  छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सदरमुकाम खलंगा बजार सिल गरिएको जनाएको हो । 

पछिल्लो पटक थप एक जनामा कोरोना भाइरस संक्रमन पुष्टि भएपछी सदरमुकाम लगाएत आसपासका क्षेत्रमा संक्रमनको जोखिम बढेकाले बुधबार बिहान ४ बजेदेखि आगामी भदौ २ गत्ते मंगगलबार राति १२ बजेसम्मका लागी सिल गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

Global Ime bank

यस अवधिमा सिल गरिएका क्षेत्रमा अत्यावश्यक बाहेका अन्य सबै सेवा बन्द रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिल गरिएको क्षेत्रमा रहेका सबै होटल तथा पसल, सार्वजनिक तथा निजी यातायातका साधनहरु सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस अवधिमा अत्यावश्यक काम नपरी हिँडडुल गर्न पनि निषेध गरिएको पनि प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । पास लिएका सवारी साधनहरु, एम्बुलेन्स, शवबाहन, शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुरसञ्‍चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास पेट्रोलिमय पदार्थ, औषधी पसल, खाद्यान्न, तरकारी आपुती, विपदसम्बन्धी लगायतका अत्यावश्यक सेवाहरु मात्र सूचारु हुने छन ।

जिल्ला प्रशासनको निर्णयको उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ । यसैबीच कोरोना संक्रमण बढीरहेको यो अवस्थामा घरमै बसी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जिल्लाबासीहरुलाई आग्रह समेत गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय