site stats
बाह्रखरी :: Baahrakhari
देश
तुलसीपुरमा रहेको १९ नम्बर बाहिनीमा कार्यरत २९ सेनामा कोरोना संक्रमण

दाङ । दाङमा २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङको तुलसीपुरमा रहेको १९ बाहिनीमा कार्यरत २९ जना नेपाली सेनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज बाँकेमा गरिएको पीसीआर परीक्षणमा १९ नम्बर बाहिनीका २९ जना सेनामा कोरोना देखिएको बाहिनीले पुष्टि गरेको छ ।  साउन १८ गते संक्रमण देखिएका जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको १९ नम्बर बाहिनीका सहायक बाहिनीपति अलिन सिंहले जानकारी दिए ।  

Argakhachi Cement Island Ad

प्युठानमा कार्यरत एक जवान साउन १४ गते ट्रेनिङका लागि नेपालगन्ज जाँदै गरेको समयमा स्वास्थ्य समस्या देखिएपछि साउन १६ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । ती जवानमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ३१ जनाको साउन २३ गते स्वाब संकलन गरिएको थियो । 

जसमा २९ जनाको पोजिटिभ र दुईजनाको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएका २९ जना सबै बाहिनीभित्रैको आइसोलेसनमा बसिरहेको सहायक बाहिनीपति सिंहले बाह्रखरीलाई जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्