site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रेमीसँग घुम्‍न गएकी युवतीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

दाङ । दाङको देउखुरीमा प्रेमीसँग घुम्‍न गएकी एक युवती सामूहिक बलात्कारमा परेकी छन् । राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीया निवासी १७ वर्षीया युवतीलाई सोही ठाउँका २६ वर्षीय अर्जुन विक,  करिब २८ बर्षीय प्रकाश नेपाली, २४ वर्षीय इसव जिसी र करिव २० वर्षीय भुपाल थापामगरले सामूहिक बलात्कार गरेको पीडित युवतीले जाहेरी दिएकी हुन् ।

प्रहरीका अनुसार पीडित युवती आफ्नो प्रेमीसँग साउन १६ गते शुक्रबार दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सिमानामा पर्ने जंगलमा घुम्‍न गएको समयमा ४ जनाको समूहमा रहेका ती युवाले प्रेमीलाई कुटपिट गरी युवतीलाई बलात्कार गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बलात्कारका क्रममा पीडित केटीलाई अर्जुन विकले युवतीको मुखमा लिंग समेत राखेको प्रहरीमा उजुरी दिएकी छिन् । उक्त कार्यमा अन्य ३ जनाले सहयोग गरेको पीडित युवतीले निवेदन दिएकी प्रहरीले जानकारी दिएको छ । उक्त जंगलमा रहेको बगिया खोलामा नुहाएर कपडा परिवर्तन गर्ने क्रममा युवाहरुले बलात्कार गरेका थिए ।

उनीहरुले युवतीलाई मार्ने धम्की दिएर पालैपालो बतात्कार गरेको पीडित युवतीको बताएकी छन् । ती युवाहरुको कुटाइबाट युवतीका प्रेमी घाइते भएका छन् । उनको शरीरभरी चोट लागेको छ।

Global Ime bank

युवतीका बुबाआमा जिल्ला बाहिर रहेका कारण पीडित युवतीले आमा घरमा आएपछि साउन १७ गते इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दिन गएपछि प्रहरीले आलटाल गरी जाहेरी दर्ता नगरी भोलीपल्ट साउनको १८ गते मात्र जाहेरी दर्ता गरेको पीडितको आरोप छ ।  जाहेरी दर्तासँगै पीडित युवतीको स्वास्थ्य परिक्षण समेत भएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच बलात्कारमा संलग्न भनिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुमगरले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा इसव जिसी र भुपाल थापा रहेका छन् । जिसीलाई तुलसीपुरबाट  थापामगरलाई प्युठान स्थित मामा घरबाट पक्राउ गरेको प्रहरी निरिक्षक सारूमगरले जानकारी दिएका दिए ।

घटनाका मुख्य आरोपित अर्जुन विक र प्रकाश नेपाली फरार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक सारूमगरका अनुसार जाहेरी दर्तापछि उनीहरुको खोजी भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !