site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चिकित्सकलाई कोरोना देखिएपछि विराट नर्सिङ होम सिल
SkywellSkywell

विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङ होम (विराट अस्पताल) सिल गरिएको छ ।

नर्सिङ होममा कार्यरत चिकित्सकलाई बुधबार कोरोना पुष्टि भएको थियो तर अस्पतालले नाम, ठेगाना र फोन नम्बर गलत दिँदा प्रहरीलाई समेत पत्ता लगाउन किठन भएको थियो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अर्को सूचना नआउन्जेलसम्मको लागि नर्सिङ होम सिल गरिएको जानकारी दिएका छन् । 

Dabur Nepal
NIC Asia

संक्रमित एकाएक हराएको भन्दै विराटनगरभरि खैलाबैला भएपछि खोजी गर्दा अस्पतालका चिकित्सक भएको खुल्न आएको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको हो । 

कार्कीले भने,“हाललाई अनिश्चित कालका लागि सबै सेवा बन्द गर्ने गरी सिल गरिएको छ तर अस्पतालमा रहेका बिरामीको उपचार भने कायम हुनेछ । नयाँ भर्ना लिन पाइने छैन ।” अब उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्डको परीक्षणपछि अस्पताललाई निर्मलीकरण गरिने बताइएको छ । 

यसैबीच, बिहीबार प्रदेश १ मा १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरी र धनकुटामा दुई र झापामा एक जनामा संक्रमण देखिएको हो । 

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । 

प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँमा उपचाररत १० जना पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय २३ पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu