site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सागमा स्वर्णपछि जिम्मेवारी बढ्यो
SkywellSkywell

काठमाडौं । मानिसलाई मिहिनेत र पूर्ण आत्मविश्वासले सफल बनाउँछ । यो एउटा आयाम पनि हो । कुनै लक्ष्य लिएपछि मानिसलाई सफल बनाउने आत्मविश्वास पनि चाहिन्छ । १३औं सागमा करातेका स्वर्णधारी खेलाडी लक्ष्मण तामाङलाई यो सबैले साथ दिएको छ । सुरुमा उनी आत्मरक्षाका लागि कराते खेल्न थाले । 

पारिवारिक माहोल पनि करातेमय रहेपछि उनले ५ वर्षको उमेरदेखि नै यसतर्फ लगाव बढाए । उनको बुबाको करातेप्रतिको रुचिले गर्दा लक्ष्मण पनि खेलमा लाग्न प्रेरित बने । उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट राष्ट्रिय खेल खेल्ने अवसर पाए । त्यसअघि उनले विभिन्न घरेलु प्रतियोगितामा सहभागिता जनाइसकेका थिए । 

KFC Island Ad
NIC Asia

उनको आत्मविश्वासकै कारण घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक दिलाउन सफल भए । “सानैदेखि करातेमा लागें । मैले ठूलै सफलता हात पार्छु भन्ने सोचले भने खेलेको थिएनँ । पारिवारिक माहोल पनि करातेमय भयो,” उनले भने, “अरूले खेलेको देखेरै मलाई पनि रुचि जाग्यो । अहिले आफूले छनोट गरेको बाटो सही लाग्दै छ ।”

रामेछापमा जन्मिएका लक्ष्मण काठमाडौंमा हुर्किए । उनलाई कराते कसरी सिक्ने र कसरी अघि बढ्ने भन्ने चिन्ता भने थिएन । तर, उनलाई करातेमा भविष्य छ या छैन भन्ने कुराले भने सधैं सताइरह्यो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि उनले पछि फर्केर हेर्नुपरेन । विभागीय टोली एपीएफमा आबद्ध भएसँगै राष्ट्रिय खेलकुद प्रतियोगितामा स्थान पाएका उनलाई खेलमै भविष्य छ भन्ने लाग्यो ।

Royal Enfield Island Ad

सागमा स्वर्ण जित्दाको क्षण भने लक्ष्मणका लागि ऐतिहासिक छ । पहिलोपटक सागमा सहभागिता जनाएका उनले सफल हुने मौका पाए । यो सफलतालाई आत्मसात् गर्दै उनले अबका खेलहरूमा थप अब्बल बनाउने योजना पनि बनाएका छन् । उनी आठौं राष्ट्रिय खेलकुदमा तेस्रो हुँदा पनि सागमा सफलता पाउन सफल रहे । 

“पहिलो साग मेरा लागि ऐतिहासिक भयो । आठौं राष्ट्रिय खेलकुदमा तेस्रो भएको म सागमा स्वर्ण जित्नुपर्ने दबाब थियो । लामो समयको खेल जीवन सफल बनाउन पनि स्वर्ण पदक आवश्यक थियो । स्वर्ण जितेरै सफलता हात पर्छ भन्ने मानसिकतामै सागबाट सफलता मिल्यो,” लक्ष्मण भन्छन्, “अब यो सफलतालाई आत्मसात् गर्ने योजनामा छु ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro