अर्थ व्यवसाय
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवित्त संस्था बनेको छ । नेपाल राष्ट्र बैंकले मिर्मिरेलाई नेपालभर लघुवित्तीय कारोबार गर्नेगरी ‘राष्ट्रियस्तर’ कार्यक्षेत्र कायम हुने स्वीकृति प्रदान गरेको हो ।
मिर्मिरेले स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरि असार २१ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । संस्थाले नागबेलि लघुवित्त वित्तीय संस्थालाई समेत प्राप्ति गर्दैछ ।
मिर्मिरेको नेपालका सात वटै प्रदेशमा शाखा छन् ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७ १८:१२
प्रतिक्रिया दिनुहोस्