site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘विश्व बाल कविता महोत्सव’ २०७७ को नतिजा सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । शैली थिएटरको आयोजनामा गत वैशाखबाट सञ्चालन गरिएको ‘विश्व बाल कविता महोत्सव’को नतिजा प्रकाशित गरिएको छ । विश्व भरिबाट बाल कविता आह्वान गरी पहिलोपटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झण्डै तीन महिनामा नतिजा प्रकाशन गरेक हो । 

कवि महेश पौड्याल, नीलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समूहले कवितालाई मूल्यांकन गरेका थिए । प्रथम पुरस्कार ‘निष्कर्ष मेरो प्रयोगशालाको’ शीर्षकको बर्दिया गुलरियाबाट प्रश्ना सुवेदीले प्राप्त गरेकी छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै पल्पसा काफ्लेको कविता  ‘गाउँ गाउँ जस्तै देखिनेछ’ ले द्वितीय पुरस्कार प्राप्त गरेको छ । भने रोल्पा लिवाङका अर्चित बाबु मर्सिफुलको  ‘वसन्त’ कविताले तृतीय पुरस्कार पायो ।

चौथो र पाँचौं पुरस्कार काभ्रेका चिराग तिमल्सिनाको कविता ‘हामी को हौं ?’ र नुवाकोट पञ्चकन्याका मनोहर भण्डारीको कविता ‘मैनाचरी’ ले पाउन सफल भए ।

Global Ime bank

प्रथम पुरस्कारको नगद राशि १० हजार, द्वितीय ८ हजार, तृतीय ६ हजार, चौथो र पाँचौं क्रमशः ४ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिनेछ । साथै कविता महोत्सवमा सहभागी सम्पूर्ण प्रतोयोगीलाई सम्मान र सम्झना स्वरुप प्रमाणपत्र प्रदान गरिने आयोजकले घोषणा गरेको छ ।

लकडाउन केही खुकुलो भए पनि परिस्थिति पूरै सामान्य भइनसकेकाले कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गर्न असमर्थ हुने देखिएकाले पुरस्कृत रकम सबैको बैंक खातामा र प्रमाणपत्र इमेलमार्फत् पठाउने व्यवस्था भइरहेको महोत्सवका सह निर्देशक सुवास सुवेदीले जानकारी दिए ।

नियमित नाटक मञ्चन गर्दै आएको शैलीले नेपाल वातावरण पत्रकार समूहको सहकार्यमा हालसालै ‘नेपालमा मिडिया साक्षरता’ सम्बन्धमा राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना पनि गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !