site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल आइडल–३’ साउन दोस्रो साताबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमणको त्राससँगै स्थगित भएको सांगीतिक रियालिटी सो ‘नेपाल आइडल–३’ साउन पहिलो साताबाट पुनः सुरु हुने भएको छ । ‘नेपाल आइडल–३’ चैत पहिलो साताबाट स्थगित भएको थियो । 

“शो कसरी सुरक्षित सुरु गर्ने विषयमा छलफल चलिरहेको छ,” नेपाल आइडलका निर्देशक सुरेश पौडेल भन्छन्, “कोरोनाको त्रासबाट सुरक्षित रहँदै शो कसरी गर्ने भन्नेबारे छलफल चलिरहेको छ । अगस्त पहिलो साताबाट सुरु हुन्छ ।”  

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाको त्रास बढेसँगै नेपाल आइडलले चैत १० गते प्रतिस्पर्धीलाई आ–आफ्नै घर पुर्याएको थियो । 

‘नेपाल आइडल–३’ रोकिनुअगाडिको अन्तिम साता उत्कृष्ट १० बाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।  वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आ–आफ्नो प्रस्तुति दिएका थिए । मुस्कान रानाभाट भने परीक्षाको तयारी भन्दै वाइल्ड कार्ड इन्ट्रीमा सहभागी भएकी छैनन् । 

Global Ime bank

केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर  र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरिसकेका छन् ।  वाइल्ड कार्ड इन्ट्रीबाट एकजना पुनः प्रवेश गरेपछि पाँच जनाबीच प्रतिस्पर्धा हुनेछ । 

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् । नेपाल आइडल सिजन–३ का विजेताले नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । फर्स्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट तीनजनाले वर्ल्ड टुरको अवसर पाउनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !