site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिक अगुवाले किन भेटे ओली र नेता देउवा ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नागरिक अगुवाहरूले प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेका छन् । कनकमणी दीक्षित, रामेश्वर खनाल, डा.विपिन अधिकारी, डा.शकर शर्मा र टीका ढकाल लगायतको टोलीले ओली र देउवालाई केही दिनअघि छुट्टाछुट्टै भेट गरेका हुन् । गोप्य राखिएको सो भेटबारे केहीबेरमा विज्ञप्ति जारी हुने जनाइएको छ । 

उनीहरूले भेटमा संसद् अधिवेशन अन्त्य गरेको  विषयमा ओली र देउवाको ध्यानाकर्षण गराएका थिए । उनीहरूले नेपालमा पोलिटब्यूरो कल्चर हाबी हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । असार १८ गते संसदको चालू अधिवेशन हठात् अन्त्य गरिएको थियो । संसदलाई कमजोर बनाउँदा अस्थिरता बढ्ने भन्दै उनीहरूले जे गर्ने हो संसदभित्रबाट, संसदीय प्रक्रियाअनुसारनै गर्न सुझाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

संविधानविद् अधिकारीले प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवा दुवैसँगको भेटमा संसद्लाई बन्द नगर्न आग्रह गरेको बताए । “संसद्लाई बन्द गर्ने ढोका थुन्ने । त्यहाँको कामकारवाहीलाई अगाडि नबढाउने । संसद् बाहिरका प्रक्रिया बढाउँदै लैजाने । संसदीय दलको कुनै हैसियत नहुने, त्यसले आफ्नो अधिकार पनि नखोज्ने । पार्टी नेताका बारेमा त्यसले टिप्पणी गर्न नपर्ने, पार्टीका बोसहरूले हैरान पार्न सक्ने । यो संस्कृति भनेको असंसदीय संस्कार स्थापित हुँदै छ । यसबारेमा कुराकानी भयो,” उनले भने ।  

देउवाको चासो एमसीसी, ओलीको आक्रोश प्रचण्ड-माधवमाथि 
नागरिक अगुवाहरूसँग प्रधानमन्त्री ओलीले करिब ३ घण्टा छलफल गरेका थिए । सो क्रममा अधिकांश समय उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालकै आलोचनामा खर्चिएको स्रोतले बतायो । आफुलाई हटाउन भारतीय गुप्तचर सक्रिय रहेको उनले नागरिक अगुवाहरूसँगको भेटमा पनि दोहोर्‍याएका थिए । 

Global Ime bank

त्यस्तै, कांग्रेस सभापति देउवाले भने भेटमा संसद् नचल्दा मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अलपत्र परेको चिन्ता व्यक्त गरेका थिए । भेटमा सहभागी स्रोतका अनुसार एमसीसी अघि बढाउनका लागि पनि छिट्टै संसद् खुलाउनुपर्ने पक्षमा आफु रहेको बताएका थिए । तर, नागरिक अगुवाहरूले 

भने एमसीसीको विषयमा मौन रहेरै संसद चलाउने विषयमा मात्र जोड दिन सुझाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !