site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश अस्पताल सुर्खेतमा थपियो पीसीआर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कोभिड १९– को स्वाब परीक्षणका लागि नयाँ पीसीआर मेसिन थपिएको छ । प्रदेश अस्पतालले पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा जडान गरेको उक्त मेसिनबाट कोरोना परीक्षण सुरु भएको छ ।

यहाँ सञ्चालित मेसिन बिग्रिदा डेढसातादेखि कोरोना परीक्षण हुन सकेको थिएन । सुर्खेतमा परीक्षण बन्द भएपछि यहाँबाट दैलेख, जुम्ला र नेपालगञ्ज परीक्षणका लागि पठाउनुपरेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले नयाँ मेसिन जडान गरेर परीक्षण सुरु गरिएको जानकारी दिए । उनका अनुसार नयाँ मेसिनले एक पटकमा ९६ वटा नमूना स्वाव परीक्षण गर्नसक्छ । 

प्रदेश सरकारको रु २४ लाख ९० हजार सहयोगमा उक्त मेसिन खरिद गरिएको हो । हाल कर्णालीमा सुर्खेतसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख जिल्ला अस्पतालबाट कोरोना परीक्षण हुँदै आएको छ । त्यस्तै, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ । - रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  ००:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro