site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुई गजल 
Sarbottam CementSarbottam Cement

गजल–१
पत्थरले नै चोट खायो फूलमा कति धार होला 
मल्हम आफ‌ैं दुख्न थाल्यो केले उपचार होला ।
दिलको साँचो त्यतै थियो खोलेनछ ढुकुटी चैं
दिल चोर्ने चोर पनि कति इमानदार होला ।

हीरा हीरा ठोक्किएर फुटेछन् रे अँध्यारोमा
हेर कालो धनभित्र कति अन्धकार होला ।

जन्मेको त एकपटक हो यौटै छ यो जिन्दगानी
जिन्दगीमा मर्नुपर्ने किन बारबार होला ।

Prabhu Bank
Agni Group
NIC Asia

मैले हेर्छु उसलाई अनि यो तस्बिरले मलाई हेर्छ
ठ्याक्कै मेरो जस्तो देख्छु कसको अनुहार होला ।

० ० ०

Global Ime bank

गजल–२

निकै ठूलो खबर पायौं, खबर गरेको मजा आयो ।
तिमी आयौ मलामी भै, र पो मरेको मजा आयो । 

फुलेका छन् बगैंचाका, हरेक कलीमा मुहार तिम्रो
कुनै बेला खडेरीमा, यो दिल छरेको मजा आयो ।

तिम्रो शिरमा पुगिएन, पटक–पटक म फुल्दा पनि
कोमल पाउले छोयो आज, भुइँ झरेको मजा आयो ।

धेरै चम्के म भित्रका, घमण्डका यी शिशाहरू
सयौं टुक्रा भई आज, भुइँ झरेको मजा आयो ।

ए जिन्दगी माया नगर, कत्ति आएन मजा मलाई
जिन्दगीले सधैं मलाई, आँखा तरेको मजा आयो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २०, २०७७  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement